मानसिक सन्तुलन बिग्रिएकी एक महिलालाई बला त्कार गरेको आरोपमा युवक समातिएका छन्।
मंगलबार प्रहरीले शैल्यशिखरकी महिलालाई बला त्कार गरेको आरोपमा दार्चुला जिल्लाको लेकम गाउँपालिका-४,झलातीका २७ वर्षीय युवकलाई प क्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हिजो राति झलाती घर भएर शैल्यशिखर नगरपालिका-९, पथ्थराइनमा बस्दै आएका प्रेम पार्कीलाई प्रहरीले प क्राउ गरेको हो।
स्थानीयबासीले खबर गरेपछि इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट गएको टोलीले राति नै आरोपित पार्कीलाई प क्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीले बताए।
‘हिजो राति करिब साढे ९ बजेतिर मानसिक सन्तुलनमा समस्या भएकी ४५ वर्षीया महिलालाई पार्कीले ससुराली घर नजिक बला त्कार गरेको खबर स्थानीयले दिएपछि पक्राउ गरेका हौँ,’ उनले भने, ‘जिल्लामा ल्याएर मुद्दा दर्ता गरी थप अनुसन्धानको काम चलिरहेको छ।’
पार्की करीब ४ वर्षदेखि ससुरालीस्थित घरमा ‘घर ज्वाइँ’ बसेर मिस्त्रीको काम गर्दै आएको प्रहरीले जनाएको छ। उनीमाथि अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Discussion about this post