nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मालपोत अधिकृतसहित ६ कर्मचारी तथा बिचौलिया भ्रष्टाचारमा दोषी ठहर

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ११, २०७९, ११:४२ बिहान
मालपोत अधिकृतसहित ६ कर्मचारी तथा बिचौलिया भ्रष्टाचारमा दोषी ठहर

काठमाडौं/चैत ११ गते । विशेष अदालतले सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने ६ कर्मचारी तथा बिचौलियालाई भ्रष्टाचार मुद्दामा सजाय सुनाएको छ । उक्त जग्गा लुम्बिनी ग्यास प्रालिका नाममा खरिद भएकोमा उक्त कम्पनीका प्रतिनिधि सुरेन्द्रराज पौड्यालले भने सफाइ पाएका छन् ।

विशेषका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुसीप्रसाद थारुको इजलासले शुक्रबार यस्तो आदेश दिएको हो । अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार जिल्ला मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, खरिदार जीवलाल भुषाल र कम्प्युटर अपरेटर एजाज खाँलाई सजाय सुनाइएको हो ।

अख्तियार दुरुपायोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध ११ कात्तिक २०७५ मा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको भनी भ्रष्टाचार मुद्दा दायर गरेको थियो । दुई बिगहा १५ कठ्ठा दुई धुर सरकारी जग्गा लुम्बिनी ग्यास प्रालिका नाममा पुर्याएको दाबीसहित अन्य चारजनालाई पनि प्रतिवादी कायम गरिएकोमा पौड्यालले सफाइ पाएका हुन् ।

विशेषका प्रवक्ता योगीका अनुसार मालपोत अधिकृत पन्थीलाई एक वर्ष कैद सजाय सुनाइएको छ । यसैगरी, यस मुद्दामा एक करोड १२ लाख रुपैयाँ बिगो ठहर भएकोमा १८ लाख ६६ हजार ६ सय रुपैयाँभन्दा बढी जरिवाना असुल गर्ने फैसलामा छ ।

मालपोतका खरिदार भुषाल र कम्प्युटर अपरेटर खाँलाई १०÷१० महिना कैद र पन्थीलाई जति नै रकम बिगो तथा जरिवाना भराउने आदेश भएको प्रवक्ता योगीले बताए ।

अख्तियारले प्रचलित मूल्यअनुसार उक्त जग्गाको दुई करोड ८६ लाख ५२ हजार रुपैयाँभन्दा बढी बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो । नवलपरासीको साविक तिलकपुर गाविस वडा नं. ५ स्थित उक्त सार्वजनिक जग्गा दीपक सुनार नामक व्यक्तिले आफ्नो नाममा गराई लुम्बिनी ग्यासका प्रतिनिधि पौड्याललाई बिक्री गरेका थिए ।

यस कार्यमा कर्मचारीहरूको संलग्नता रहेको भन्दै उनीहरूमाथि मुद्दा दायर भएको थियो । ‘..गैरकानूनी रुपमा व्यक्ति विशेषको नाममा कम्प्युटर इन्ट्री गरी, नक्कली श्रेस्ता, पुर्जा खडा गरी कार्यालयमा रहेको मोठ ठेलीमा घुसाइ, वडा कार्यालयको घर बाटो सिफारिससमेत केरमेट गरी गराई सोको आधारमा हक हस्तान्तरणको लागि राजीनामाको लिखत पारित गर्ने र पुनः निजी कम्पनीको नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा तयार गरी राष्ट्रसेवक कर्मचारी भई आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्ति हानी नोक्सानी हुने र व्यक्ति विशेषलाई गैरकानूनी लाभ तथा प्रत्यक्ष फाइदा पुर्याउने कार्यमा संलग्न’ रहेको अख्तियारको आरोप थियो ।

मालपोत कार्यालयका कर्मचारीहरूलाई अनुचित प्रभावमा पारेको तथा आफू गैरकानूनी लाभ लिने नियतले आफ्नो नाममा नक्कली जग्गाधनी श्रेस्ता र प्रमाणपूर्जा खडा गरेको भन्दै दीपक सुनारलाई पनि विशेषले सजाय सुनाएको छ ।

उनलाई यस मुद्दामा मतियार ठहर गर्दै एक वर्ष कैद तथा १८ लाख ६६ हजार रुपैयाँ जरिवाना भएको प्रवक्ता योगीले बताए । सुनारले सरकारी आफ्नो नाममा ल्याइ लुम्बिनी ग्यासलाई बिक्री गरेका थिए ।

खरिद बिक्रीमा बिचौलिया रहेका यादवप्रसाद भण्डारीमाथि पनि बिचौलियाका रूपमा कसूरमा मतियार रहेको ठहर गर्दै विशेषले ६ महिना कैद तथा नौ लाख ३३ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ । खरिद बिक्रीमै संलग्न रहेका सुदन श्रेष्ठलाई पनि मतियारकै कसूरमा उति नै कैद सजाय र जरिवाना सुनाइएको छ । नयाँ पत्रिकाबाट

Tags: देशको खबर

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!