फुपूको छोरीलाई यौ न दुर्व्यवहार गरेको आरोपमा पोखराका एक किशोर प क्राउ परेका छन् । १४ वर्षीया बालिकाका परिवारको जाहेरीपछि बाल यौ न दुर्व्यवहारको आरोपमा किशोर प क्राउ परेका हुन ।
किशोरीले आफूमाथि मामाको छोराबाट यौ न दुर्व्यवहार भएको भन्दै दुई दिनअघि टिकटकमार्फत घटना सार्वजनिक गरेकी थिइन् । आइतवार प क्राउ परेका किशोरलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी बाल निगरानी कक्षमा राखिएको छ ।
किशोरीले टिकटकमार्फत आफू मामाको घरमा गएर बस्दा मामाको छोराले पटकपटक यौ न दुर्व्यवहार गरेको जनाएकी थिइन । उनका अनुसार मामा माइजुलाई भन्दा उल्टै गाली गरेको र मामाको छोराले आफूलाई ज्या न मार्ने धम्कीसमेत दिएका थिए । जसका कारण आफुले नाडी काटनु परेको तथा आ त्मह त्याको सोचसमेत आएको उनले टिकटकमार्फत सार्वजनिक गरेकी थिइन ।
टिकटकमार्पफत सो घटना सार्बजनिक भएपछि किशोरीको परिवारको जाहेरीको आधारमा किशोरलाई प क्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार अदालतबाट म्याद थप भएका किशोर माथी अनुसन्धान कार्य अगाडि बढाएईएको छ ।
दुबै किशोर भएकाले प्रहरीले औपचारिक रुपमा भने नाम भने सार्वजनिक गरेको छैन ।





















Discussion about this post