nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आफैंले राखेको जुम बैठकमा महिला कर्मचारीलाई तानेर कृषि विश्वविद्यालयका डीनको अ श्लील हर्कत (हेर्नुहोस भिडिओ सहित)

सजिलो पोस्ट सजिलो पोस्ट
२०७९ चैत्र ३, शुक्रबार २१:०७
आफैंले राखेको जुम बैठकमा महिला कर्मचारीलाई तानेर कृषि विश्वविद्यालयका डीनको अ श्लील हर्कत (हेर्नुहोस भिडिओ सहित)

चितवन । चितवनको रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्तले संकायको जुम बैठक चलिरहँदा सोही कार्यालयकी महिला कर्मचारीसँग अ श्लील हर्कत गरेको भिडियो सार्वजनिक भएको छ ।

मंगलबार भएको जुम बैठकमा सोही संकायका सहप्राध्यापक सन्तोष मरहठ्ठाले आफ्नो प्रस्तुति दिइरहँदा डीन कार्यालयको कार्यकक्षमा आफ्नै कुर्सीमा बसेर महिला कर्मचारीसँग अ श्लील हर्कत गरेको भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक दुईवटा भिडियोमध्ये एउटामा कर्मचारीलाई हातले तानेर काखमा राखेको देखिन्छ भने अर्को भिडियोमा उनको संवेदनशील अंगमा चुम्बन गरेको देखिन्छ ।

कृषि संकायका ६३ जनाभन्दा बढी सहभागी उक्त जुम बैठकमा डीन दत्त कृषि डीन लेखिएको नामले जोडिएका थिए । उनले संवेदनशील विषयमा भइरहेको प्रस्तुतिलाई वेवास्ता गरेर अमर्यादित गतिविधिमा भुलेको भिडियोमा प्रष्ट देखिन्छ । जबकि विश्वविद्यालयकै कृषि संकाय हेर्ने डीन उच्च निकाय हो ।

आफ्नै कार्यकक्षमा पदीय मर्यादा भुलेर कार्यालयकै कर्मचारी महिलालाई प्रलोभनमा पारी यौनजन्य क्रियाकलाप गरेको भनी विश्वविद्यालयका महिला कर्मचारीहरुले विरोध गरेका छन् । उनीहरुले आफूहरुसमेत असुरक्षित भएको भन्दै डीन दत्तलाई तत्काल बर्खास्त गर्न अनुरोध गरे पनि विश्वविद्यालय नेतृत्वले भने बेवास्ता गरिरहेको छ ।

उक्त जुम बैठक डीन दत्तले राखेका थिए । डीनले नै व्यवसायिक सिकाइ अनुभव के कसरी गर्ने भनेर सिकाउने ओरेन्टसन कार्यक्रम थियो । त्यहाँ दुई जना शिक्षकबाहेक सबै विद्यार्थी थिए । जुम मिटिङमा सहभागीहरुमध्ये डीन दत्तबाहेक अन्य ६५ जनाकै भिडिओ म्युट थियो । उनीहरुको भिडिओ देखिएको छैन ।

तर डीनको जुम भिडिओ अन थियो । नेपालप्रेसलाई प्राप्त भिडिओमा मंगलबार भएको सोही संकायका सहप्राध्यापक सन्तोष मरहठ्ठाले जुममा आफना भनाइहरु राखिरहेका थिए । तर, डीन दत्तले भने जुम मिटिङतर्फ ध्यान दिएको देखिँदैन । प्राप्त भिडिओ हेर्दा उनी जुम मिटिङ भइराखेको छ भन्नेमा अनविज्ञ देखिन्छन् वा आफैंले जुम मिटिङको भिडिओ अन गरेर बेवास्ता गरेका हुन् । उनले जबरजस्ती महिलालाई तानेर काखमा राख्छन् । महिला टाढिन खोजे पनि डीनले जबरजस्ती तानेर चुम्बन गरेको भिडिओमा देखिन्छ ।

यस्तो छ डीन दत्तको नजीर

२०७७ मा कृषि तथा वन विश्वविद्यालयको रजिष्ट्रार पद र कृषि संकाय, पशुविज्ञान, पशुचिकित्सा र मत्स्य विज्ञान संकायमा डीन रिक्त थियो । २०७७ असोज २२ गते कृषि संकायका डीनको पदका लागि १ नम्बरमा प्रा.डा. अर्जुनकुमार श्रेष्ठ, २ नम्बरमा प्रा. डा. अरविन्द श्रीवास्तव, ३ नम्बरमा प्रा. डा. कल्याणी मिश्र त्रिपाठी र ४ नम्बरमा प्रा. जयप्रकाश दत्त, ५ नम्बरमा प्रा. विष्णुराज ओझा, ६ नम्बरमा डा. शिवचन्द्र ढकाल र ७ नम्बरमा डा. सन्तोष मरहट्टाको निवेदन परेको थियो ।

तर १, २, ३ नम्बरका प्रोफेसरलाई फालेर चौथो नम्बरमा रहेका प्रा. जयप्रकाश दत्तलाई दोस्रो कार्यकालका लागि नियुक्त गरिएको थियो । उनी यसपटक पनि माओवादी भएकै कारण डीन भएको विश्वविद्यालयले स्रोतले बतायो । स्रोतका अनुसार दत्त २०७७ साल कार्तिकमा दोस्रो कार्यकाल डीन नियुक्ति भएका हुन् ।

उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्न माओवादीकै शीर्ष नेताले पहल गरेका थिए । दत्तलाई नियुक्त गर्दा पनि विश्वविद्यालयका पदाधिकारीहरुसँग छलफलसमेत नभएको एक पदाधिकारीले बताए । यसअघि पनि दत्तको महिलालाई कार्यकक्षमै दुर्व्यवहार गर्ने गरेका थिए । तर, प्रशासनले बेवास्ता गर्दै आएको थियो ।

उपकुलपति सम्पर्कविहीन

यस घटनाको विषयमा बुझ्न हामीले विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीलाई बारम्बार सम्पर्क गर्ने कोसिस गर्‍याैं । तर, उनले आफ्नो मोबाइल नै अफ गरेर सम्पर्कविहीन भएका छन् । स्रोतका अनुसार डीनको घटना बाहिरिएसँगै उनी मोबाइल अफ गरेर बसेका छन् । यस्तै डीन दत्तले पनि मोबाइल अफ गरेका छन् ।

यसअघि सम्पर्क हुँदा रेग्मीले आफू महत्वपूर्ण बैठकमा व्यस्त रहेको भनी कार्यालयमा डीन दत्तले गरेका यौनजन्य क्रियाकलापबारे प्रतिक्रिया दिन इन्कार गरेका थिए ।-नेपाल प्रेस बाट

Tags: देशको खबर

Discussion about this post

Related Posts

खानेपानी मन्त्री अव्दुल खानले दिए राजीनामा

खानेपानी मन्त्री अव्दुल खानले दिए राजीनामा

सिरहाको लहानमा चैतनवमी चैतीदुर्गा मेलाको रौनक अबदेखि मेला थपव्यवस्थित हुनेमा जोड

सिरहाको लहानमा चैतनवमी चैतीदुर्गा मेलाको रौनक अबदेखि मेला थपव्यवस्थित हुनेमा जोड

उपेन्द्रको दुखेसो सहितको चेतावनी ‘हस्तक्षेप स्वीकार हुँदैन’

बारा २ मा उपेन्द्र यादवलाई सिफारिस गर्दै जसपा प्रदेश समिति

महोत्तरी-२ मा शरतसिंह भण्डारीले गरे उम्मेदवारी दर्ता

लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै

मिटरब्याज पीडित र सरकारबीच वार्तामा के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्तामा के के भयो ? हेर्नुहोस्

आफैले पढाउने एक १३ वर्षीया बालिकालाई यौ-न दुर्व्यवहार गरेको आरोपमा  दुई शिक्षक प-क्रा-उ

युवकद्वारा १६ वर्षीय युवतीलाई जब रजस्ती क रणी,एक जना प क्राउ

सिरहाको मिर्चैयामा रहेको सगरमाथा स्कूलका विद्यार्थीहरु कक्षा छाडेर होटेलमा चुरोट तान्दै

सिरहाको मिर्चैयामा रहेको सगरमाथा स्कूलका विद्यार्थीहरु कक्षा छाडेर होटेलमा चुरोट तान्दै

जनकपुरधाममा हिन्दू राष्ट्रको माग गर्दै सम्राट सेनाको शक्ति प्रदर्शन

जनकपुरधाममा हिन्दू राष्ट्रको माग गर्दै सम्राट सेनाको शक्ति प्रदर्शन

मौद्रिक नीतिमा लघुवित्तलाई यस्ता छन् व्यवस्था

लघुवित्तबाट ऋण लिने घटे

विवाह गर्छु भन्दै १७ वर्षीया किशोरीलाई पटक-पटक करणी गरि गर्भ बोकाएको आरोपमा एक युवक पक्राउ

मानसिक सन्तुलन बिग्रिएकी महिलालाई घरज्वाईले गरे बला त्कार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८/९८००८६६५५५
Email : [email protected]
Website : www.sajilopost.com

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार
न्युज डेस्क :-गिरिजानन्द साह

धनुषा सम्बाददाता-संजिप कुमार साह
महोत्तरी सम्बाददाता-गिरिजानन्द साह
सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि