सप्तरी/चैत ३ गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा बुधवार राती एक किशोरीले झु ण्डिएर आ त्म हत्या गरेकी छिन ।
सो नगरपालिका वडा नं. १४ निवासी ब्रहमदेव मुखियाकी १८ वर्षिया छोरी आशा कुमारीले कोठामा झु ण्डिएर आ त्मह त्या गरेकी हुन् ।
१२ वर्षिय बहिनी अञ्जलीसँगै एउटै कोठामा सुतेकी आशा घाटीमा शलको पासो लगाई कोठाको बाँसको बलोमा झु ण्डिएको अवस्थामा राती १ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
खाना खाएर दिदीसंगै एउटै ओछ्यानमा सुतेकी बहिनी अञ्जलीले दिदी कहिले उठेर झु ण्डिएर आ त्मह त्या गरिन भन्ने चाल नै पाईनन् । राती १ बजेतिर कुनै कामले आमा ढोका खोल्न आईपुगे पछी मात्र उनले सो बारे थाहा पाएको प्रहरीको भनाई छ । राती अचानक आमाले ढोका खोल भन्दै चिच्याएपछी जागेकी उनले ढोका खोलेकी थिइन । त्यसपछि मात्र उनले दिदी झु ण्डिएको अवस्थामा देखेको बताईन ।
घटनाबारे खबर पाए लगतै प्रहरी चौकी रम्पुरा महलनियाबाट पुगेको टोलीले परिवारजनसँग सोधपुछ तथा घटना स्थल मुचुल्का लगायतका प्रक्रिया पुरा गरी मृतकको श व पोस्टमार्टमका लागी स्थानीय गजेन्द्र नारायण सिंह असपताल पठाइ घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।















Discussion about this post