nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेश प्रदेश : ४० हजार ऋणमा गुम्यो ५० लाख, बन्दकी राखेको घडेरी बेचेर ‘साहु’ बेपत्ता भएपछि परिवारै सडकमा

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १५, २०७९, ११:५४ बिहान
मधेश प्रदेश : ४० हजार ऋणमा गुम्यो ५० लाख, बन्दकी राखेको घडेरी बेचेर ‘साहु’ बेपत्ता भएपछि परिवारै सडकमा

फागुन १५ गते । ४० हजार ऋणमा बन्दकी राखेको घडेरी साहुले बेचिदिएपछि सर्लाहीमा एक विपन्न परिवारको उठीबास लागेको छ। सर्लाहीको चक्रकट्ट नगरपालिकास्थित साबिक खाेरिया गाविस – ५ बस्ने हबिब साह फकिरले बन्दकी राखेको घडेरी साहुले जानकारीविना बिक्री गरेर बेपत्ता भएपछि उनकाे परिवार बिचल्लीमा परेकाे हाे। 

हबिबले ०५६ साल फागुन ६ गते जिल्लाको साबिक सुन्दरपुर गाविस– ४, हाल चक्रकट्टनिवासी जाकिर हुसैनसँग ४० हजार ऋण लिएका थिए। चलअचल सम्पत्तिको नाममा रहेको एउटा मात्र मलंगवा– ३, मा रहेको १२९६ कित्ता नम्बरको १० धुर घडेरी उनले बन्दकीस्वरूप साहु जाकिरको नाममा सोही दिन रजिस्टर गरिदिएका थिए। साहु हुसैनले ०५९ माघ १९ गते हबिबकाे घडेरी अरूलाई ५० लाखमा बिक्री गरिदिए। 

ऋण लिएबापत हबिबले प्रतिमहिनाको ३६ प्रतिशतले ब्याज तिर्नुपर्ने सर्त कागजमा उल्लेख गरिएको थियो। उक्त ऋण हबिबले घरपरिवार चलाउँदा र बालबच्चाको औषधाेपचारमा लागेको ऋण तिर्न लिएका थिए। 

आर्थिक रूपमा अति विपन्न हबिबले दैनिक ज्याला मजदुरी गरेर पाँचजना सदस्यकाे परिवार पाल्दै आएका छन्। हबिबको कमाइले उनीहरूको दैनिक छाक मुस्किलले टर्छ। ०५९ असोज ६ गते साहु जाकिरकोमा पुगेर ‘ऋण तिर्नुपर्‍याे, हिसाब गरिदिनू’ भने । 

जाकिरले हबिबको लालपुर्जाको पछिल्लो पन्नामा ०५९ साल असोज ६ गतेसम्मको ३६ प्रतिशतको ब्याजदरले हुन आउने ८८ हजार पाँच सय ७६ रुपैयाँ ८७ पैसा तिर्नुपर्ने देखाए। लेखपढ गर्न नजानेका हबिबले छिट्टै तिर्ने बताउँदै आफ्नो घडेरीको रजिस्ट्री फिर्ता गर्न आग्रह गरे। 

उक्त दिन हबिब र जाकिर दुवैजना मालपोत कार्यालय मलंगवा परिसरमा पुगेका थिए । ‘रजिस्ट्री फिर्ताको कागज लेखाउँदै गर्नु म एकैछिनमा आउँछु’ भन्दै जाकिर त्यहाँबाट हिँडे । जाकिर आउँछन् र काम गराउँला भन्दै बसेका हबिब पर्खेको पर्खै भए। जाकिर आएन्न। हबिब रित्तो हात घर फर्के। जाकिरको व्यवहारले उनको मनमा चिसो पस्यो। 

हबिब जाकिरलाई झिकाइदिन र आफ्नो घडेरी फिर्ता गरिदिन भन्दै प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय सर्लाही र जिल्ला प्रशासन कार्यालय सर्लाही धाउन थाले। उल्टै हबिब प्रहरी प्रशासन धाउन थालेको थाहा पाएका जाकिरले ०७९ माघ १९ गते कैमरुदिन चुरिहारको नाममा उक्त १० धुर घडेरी बिक्री गरिदिए। 

‘आफूले साहुलाई ‘ऋणबापतको साँवा–ब्याज फिर्ता गर्छु, घडेरी फिर्ता गरिदेऊ भन्दा उल्टै बिक्री गरेर बेपत्ता भएको उनको गुनासो गरे। बुधबार जिल्ला मालपोत कार्यलयमा नयाँ पत्रिकासगँ भेट गर्न आइपुगेका उनले अब आफू सपरिवार मर्नुको विकल्प नरहेको दुखेसो पोखे। न्याय माग्न जिल्ला प्रशासन र प्रहरी कार्यालय धाइरहेका उनले कतैबाट सहयोग नपाएको बताए। आँखाभरि आँसु पार्दै कतैबाट न्याय नपाए सपरिवार नै आत्महत्या गर्ने भन्दै उनी पटक–पटक भक्कानिए।  

पछिल्लो समय घडेरी खरिद गरेका कैमरुदिनले अहिले धमाधम घर बनाउन थालेपछि हबिब थप चिन्तामा परेका छन्। कैमरुदिनले घडेरी जाकिरसँग ५० लाखमा किनेको बताउने गरेका छन्। यसरी ठगी गरेपछि हबिब लालाबालासहित नजिकैको भाडाको घरमा शरण लिएका छन्। 

विपन्नले परिवारको जोहो टार्न लिएको ऋणको मूल्य जीवनभर चुकाउन बाध्य  बनिरहेका छन्। बैंक तथा वित्तीय संस्थाले सहजै ऋण नदिने हुनाले उनीहरू ‘मिटरब्याजी’ तथा साहु महाजनको शरणमा पुग्छन्। 

हबिबजस्ता सयौँ मिटरब्याज र त्यसबाट लागेको उठीबासको चपेटामा परेका परिवार छटपटाउँदै गत आइतबारबाट सर्लाहीको लालबन्दी नगरपालिका– १, नवलपुरस्थित पूर्वपश्चिम राजमार्गमा दैनिक तीनघन्टे अनशनमा जुटिरहेका छन्।

प्रजिअ यादव भन्छन्–  यस्ता निवेदन ६३२ पुगेको छ, हामीले के गर्ने ? 

यस विषयमा जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख इन्द्रदेव यादवसँग बुझ्न खोज्दा उनले उल्टै यस्ता निवेदन अनगिन्ती रहेको र आफूले केही गर्न नसक्ने जवाफ दिए। 

‘पीडितको कुरा मौखिक हुन्छ, पीडकको लिखित हुन्छ। अहिले तपाईंले कुरा गर्दै गर्दा ६ सय ३२ निवेदन मसँग आएको छ,’ प्रजिअ यादवले भने, ‘पीडितसँग कुनै कागजात हुँदैन। पीडक भनिएकाहरू कागजात पूरा गरेर आउने गरेका छन्। हामीले के गर्ने । यदि उससँग कागजात भएको भए हामीले ठगी मुद्दा चलाउँथ्यौँ। सायद कुनै कागजात नभएरै मुद्दमा नचलेको होला।’

प्रजिअ यादवले यस्ता निवेदन सम्बन्धित इलाका प्रहरीमा पठाउने गरेको बताए। उनले भने, ‘त्यहाँ थोरै भएपछि कम्तीमा छलफल र मिलापत्र गराउन सजलो होला । अन्यथा मेरो कार्यलयअन्तर्गत भए त अझै दुई वर्ष पर्खिनुपर्छ। यस्ता मुद्दामा यही गर्ने भन्ने कानुन छैन। पीडकसँग पावर, पैसा, कागज सबै छ। मुखले भनेको भरमा पीडितको कुरा सत्य नै भए पनि के गर्न सकिन्छ र?’

नियतवश ठगी गर्न खोजेको देखिन्छ, तत्काल कारबाही हुन्छ : प्रहरी उपरीक्षक सुवेदी 

यसरी नियतवश ठगी गर्न खोज्ने जोकोहीलाई कारबाही हुने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए। 

यसरी गैरकानुनी ढंगले ठगी गर्नु अपराध भएकाले कानुनअनुसार कारबाही गरिने उनको भनाइ थियो। ‘यो घटनाको विषयमा म आएपछि पीडित आएका छैनन् होला,’ उनले भने, ‘तत्काल सम्पर्कमा आउन अनुरोध गर्छु । यस्ता घटनाको हामी तत्काल कारबाही चलाउँछौँ।’ स्रोत साभार-नयाँ पत्रीका बाट

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशमा भने वर्तमान सत्ता गठबन्धन यथावत रहने

मधेश प्रदेशमा भने वर्तमान सत्ता गठबन्धन यथावत रहने

युवालाई अवसर दिए समाज र राष्ट्र परिवर्तन सम्भव : मोहम्मद नइम राईन

युवालाई अवसर दिए समाज र राष्ट्र परिवर्तन सम्भव : मोहम्मद नइम राईन

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

सर्वोच्चद्वारा पूर्वसांसद कोइरी प्रकरणमा सरकारलाई ‘शो कज’

एमाले सांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मिटरब्याज समस्या समाधानका लागि वार्ता टोली गठन

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

पर्सामा चट्याङ पर्दा सात जना घाइते

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!