सप्तरी/फागुन ५ गते। सप्तरीमा शुक्रबार दिउँसो एक महिलाले आ त्मदाह गरेकी छन्।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका-४, तेलियारी टोलकी ४० वर्षीया राजुदेवी साहले शुक्रबार दिउँसो ३ बजेतिर आ त्मदाह गरेको सप्तरी प्रहरीले जानकारी दिएको छ।
उनले घरमा कोही नभएको समयमा शौचालयभित्र पसेर आफ्नो जिउमा आगो लगाएकी हुन्। स्थानीयले खबर गरेपछि प्रहरीचौकी बरसाइनबाट प्रहरी नायव निरीक्षक र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली पुगेको थियो।
श्रीमान् राजकुमार साह लगायत घरमा नभएको अवस्थामा घटना भएको बताइएको छ। अहिले घटनाको मुचुल्का गरेर श व पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालत लगिएको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान पनि भइरहेको सप्तरीका डीएसपी नरेशकुमार सिंहले जानकारी दिए।

















Discussion about this post