nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

किन परिवारमा हुन्छ सासू-बुहारीको झगडा ?

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २३, २०७९, २:२५ मध्यान्ह
किन परिवारमा हुन्छ सासू-बुहारीको झगडा ?

‘मानव सभ्यताको इतिहास वर्ग संघर्षको इतिहास हो’- मेरै घरको लाइब्रेरीमा रहेका अनगिन्ती पुस्तकका बीचमा रहेको कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले लेखेको कम्युनिष्ट पार्टीको घोषणापत्र नामक पुस्तकको एउटा महत्वपूर्ण भाव हो, यो । यस लाइनलाई हेर्दै म घोत्लिन पुगें । इतिहास वर्ग संघर्षको उपज मात्रै हो र ?

विभिन्न घटना र मैले बाँचेको समाजको यथार्थलाई विश्लेषण गर्ने क्रममा केही समयअघि देवघाटमा भेटिनुभएकी ७३ वर्षीय वृद्ध आमाको आक्रोशपूर्ण आवाज मेरो मस्तिष्कमा घुम्न थाल्यो । ती अपरिचित आमा भन्दै हुनुहुन्थ्यो, ‘बुहारीको खटन खानुभन्दा त बरु मर्नु नै निको सोचेर त्रिशूलीमा हाम्फाल्न हिंडेकी थिएँ, तर मर्न सकिनँ । यहाँ आइपुगें र पाँच वर्षदेखि बसिरहेकी छु नानी । छोरो त बेला-बेला आउँछ, तर त्यसको पनि केही हुती छैन, स्वास्नीकै कुरा सुन्छ !’

उहाँको यो कुरा सुनेपछि वर्ग संघर्षको ऐतिहासिक रेखालाई माक्र्स र एङ्गेल्सले नै व्याख्या गरे जस्तै गर्न सकिएला तर म बाँचिरहेको पारिवारिक सत्ता र यसमा विद्यमान संघर्षलाई कसरी व्याख्या गर्ने होला !

सत्ता भनेको स्रोतसाधन परिचालनको लागि शक्तिको वैधानिक प्रयोग गर्ने प्रणाली हो । यसरी हेर्दा सत्तालाई व्यक्ति, परिवार, समाज र राज्य सत्ताका रूपमा तहगत वर्गीकरण गर्न सकिन्छ । तर यी सत्ताहरू एकअर्काका अधीनस्थ नभई स्वतन्त्र छन् । व्यक्ति सत्ता सार्वभौम हो भने सामाजिक सत्ता सबैभन्दा पुरानो र मानव सभ्यताको आधारभूत सत्ताको रूपमा रहेको छ । पारिवारिक सत्ता र राज्य सत्ता मानव इतिहासमा पछि निर्माण भएका सत्ता हुन् ।

देवघाटमा भेटिनुभएकी आमाको कुराले मलाई नेपाली समाज र त्यसमा अन्तरनिहित पारिवारिक सत्ताका आधारभूत चरित्रमाथि सोच्न बाध्य बनायो । सत्तामा शक्ति अन्तरनिहित हुन्छ । सभ्यता भनेकै शक्तिको विवेकशील व्यवस्थापन हो, अर्थात् शक्तिलाई समग्र मानव हितमा प्रयोग गर्ने प्रणाली हो । शक्तिलाई व्यक्ति हितमा प्रयोग गर्नु वा शक्ति उन्मादमा रमाउनु नै असभ्य हुनु हो ।

ती आमाले भन्नुभएको ‘खटन’ शब्दमा मैले सत्ताको प्रतिबिम्ब पाएँ । खासमा ‘खटन’ भनेकै पारिवारिक सत्ताको व्यावहारिक अभ्यास थियो । ‘खटन’ भन्ने शब्दमा स्रोत र साधनको परिचालनमा अन्तरनिहित निर्णयको प्राधिकार थियो ।

घरबाट हिंड्दा त्यस्तै ६८ वर्ष पूरा हुनुभएकी आमालाई बुहारीमा अन्तरनिहित सत्ता स्वीकार्य भएन । बैंसमै श्रीमान् गुमाउन पुग्नुभएकी उहाँले छोरालाई धेरै दुःखले हुर्काएको, बढाएको तथा पढाएको रहेछ । पहिले धेरै नै कमजोर आर्थिक अवस्था भए पनि छोराले जागिर खाएपश्चात् दिएको रकमको उहाँले स्वतन्त्रपूर्वक परिचालन गर्नुभएको रहेछ ।

छोराले कति खर्च गर्छ भन्ने उहाँलाई मतलब पनि थिएन, तर छोराले बचाएर दिएको रकमको परिचालनमा उहाँको स्वतन्त्र निर्णयमाथि कसैको हस्तक्षेप भएनछ ।

छोराले विवाह गरेर बुहारी भित्र्याएपश्चात् भने उहाँको अपेक्षामा तुषारापात हुन थालेछ । छोराले उहाँलाई पैसा दिनै छोडेछन् । बुहारीले विस्तारै घरको व्यवहार चलाउन थालिछन् । घरायसी व्यवहारमा विस्तारै आमाको भूमिका कमजोर र बुहारीको भूमिका शक्तिशाली हुन पुगेछ । अर्थात् स्रोत र साधनको परिचालनमा बुहारी निर्णायक हुन थालिछन् । उहाँलाई असहृय हुन पुगेछ । आफ्नो सत्ता आफूबाट खोसिएको पीडा हुन थालेछ । उहाँमा विस्तारै मानसिक प्रताडना बढ्दै गएछ । सासू-बुहारीबीच सत्ता संघर्ष भएछ । कहिले प्रत्यक्ष त कहिले परोक्ष झगडै हुन थालेछ । अन्ततः नयाँ सत्ताको अगाडि पुरानो सत्ता टिक्न सकेन । सासूले आफूबाट गुमेको सत्तालाई स्वीकार्न सक्नुभएन । एकदिन उहाँ घर छोडेरै हिंड्न पुग्नुभयो ।

सैद्धान्तिक धरातलमा हेर्दा नेपाली समाज अझै धेरै असभ्य अवस्थामा नै छ । पारिवारिक सत्ता र शक्ति संघर्षमा अझ आफूलाई धेरै पढे-लेखेको तथा सभ्य भनाउँदा समुदायको पारिवारिक विखण्डन र बाबुआमालाई गरिरहेको व्यवहारले त उनीहरू झनै चरम असभ्य छन् भन्ने पुष्टि गर्छ

बुहारीमा पनि नयाँ सत्ताको हस्तान्तरणले शक्तिको उन्माद बढ्दै गयो । सामान्य चेतना भएका असभ्य मानिसहरूमा सत्ता भन्ने कुरा नै भ्रमपूर्ण हुन्छ । सत्तामा हुन्जेल हरेक सामान्य चेतना भएका मानिसले म सधैं यही शक्ति र सत्तामा रहिरहन्छु भन्ने भ्रम पाल्न पुग्छन् । उनीहरूलाई शक्ति, सत्ता र सम्पत्ति पानीको फोका हुन्, यी हिजो पनि मेरा थिएनन् र भोलि पनि मेरा हुने छैनन् भन्ने सामान्य ज्ञान पनि हुँदैन । उनीहरूले सत्ताको अनधिकृत प्रयोग गर्न पुग्छन् र अहंले भरिपूर्ण व्यवहार गर्छन् ।

शायदै उनकी बुहारीमा पनि यही सत्ताको भ्रम जागृत हुन पुग्यो । उनले आफ्नी सासूमाथि सोही अनुसारको व्यवहार गर्न पुगिन् । उनको सामान्य चेतनाले यति पनि सम्झन सकेन कि ‘मेरा पनि छोराहरू छन्, उनहरूका पनि भोलि बुहारी आउनेछन् । त्यस दिन ममा भएको यो सत्ता कमजोर हुनेछ । म सत्ताच्युत हुनेछु र मेरा छोरा तथा बुहारीमा सत्ताको हस्तान्तरण हुनेछ । त्यस दिन मलाई पनि बुहारीले यस्तै अभद्र बोली-व्यवहार गर्न सक्छन्, त्यसैले मैले पनि मेरी सासूलाई अहिले मेरो सत्ताको दुरुपयोग गरेर जथाभावी अभद्र बोली र व्यवहार गर्नुहुन्न । मैले मेरो यो संस्कार र व्यवहार मेरा सन्तानमा हस्तान्तरण गर्न सकें भने मात्रै मैले थोरै भए पनि सभ्य चिन्तन र मनोवृत्तिलाई प्रवाह गरेको हुनेछु ।’

बीपी कोइरालाको तीन घुम्ती उपन्यासको एउटा सार जस्तै हरेक छत्तीस वर्षीय आमाले आफ्नी सोह्र वर्षीया छोरीलाई आफ्नो जवानीका दिनहरूको सही व्यवस्थापन गर्नका लागि अर्ति दिन्छिन् तर त्यो छोरीले आफ्नी आमाका ती अर्तिलाई मतलब गर्दिनन्, अनि उनी बैंसमा अनेक क्रियाकलापमा संलग्न हुन्छिन् । त्यसको परिणामले आजित भएर आफ्नो छत्तीस वर्षीय उमेरमा फेरि आफ्नी सोह्र वर्षीया छोरीलाई सोही उपदेश दिन पुग्छिन्, जुन उनलाई आफ्नी आमाले उनको सोह्र वर्षको उमेरमा दिएकी थिइन्, तर उनकी छोरीले पनि त्यो उपदेश उनको छत्तीस वर्षीय उमेर नहुन्जेल अनुभूत गर्न सक्दिनन् ।

त्यसैले सत्ताको यो पारिवारिक खेललाई बुहारीले पनि अनुभूत गर्नका लागि आफू फेरि सासू नै हुनुपर्छ । नेपाली समाजको यो दुःखद् सासू बुहारीको सत्ताको खेलका कारण यहाँ हजारौं बाबुआमा वृद्धाश्रम तथा धार्मिक आश्रममा जीवनयापन गरिरहेका छन् ।

यहाँ न बाबुआमाको शासकीय चरित्रलाई छोराछोरीले बुझ्ने प्रयास गर्छन्, न बाबुआमाले आफूबाट गुमेको पारिवारिक शासन र सत्तालाई स्वीकार गर्छन् । यो परिवारमा निहित अविश्वास र अल्पबुझाइले सयौं परिवार विखण्डन भएका छन् ।

विद्यमान पुरुष प्रधान समाजमा महिलाको हातमा कहिल्यै पनि सत्ता कायम छैन । उनीहरूलाई त केवल सत्ताको भ्रम मात्र छ । महिला कि बाबुबाट, कि पतिबाट कि छोराबाट शासित हुन्छन् । अहिले पनि कतिपय महिलालाई जग्गा-जमिनलगायत सम्पत्तिको स्वामित्व आफ्नो नाममा छ, म सम्पत्तिको मालिक भएँ भन्ने लाग्छ, त्यो उनीहरूको भ्रम हो ।

औपचारिक मालिक उनीहरू कायम भए त्यस सम्पत्तिको वास्तविक मालिक उनलाई अधीनस्थ गर्ने पुरुषमा रहेको हुन्छ, किनकि उक्त सम्पत्तिमाथिको स्वतन्त्र निर्णयाधिकार उनीहरूमा अन्तरनिहित हुँदैन । त्यसैले सासूमा बुहारी नआउन्जेल सत्ता आफूमा अन्तरनिहित रहेको भ्रम हुन्छ भने बुहारीमा पनि आफूमा सत्ता केन्द्रित हुँदै गएको भ्रम हुन्छ ।

सभ्यता भनेको चिन्तन र व्यवहारमा स्वतन्त्र हुँदै जाने प्रक्रिया हो । सभ्य समाजमा कोही कसैबाट शासित हुँदैन । शक्तिलाई सार्वजनिक हितमा व्यवस्थापन गर्ने प्रक्रियामा मात्र प्रयोग गरिन्छ । व्यक्ति र उसमा अन्तरनिहित भूमिका पूर्ण रूपमा फरक हुन्छन् । कुनै पनि व्यक्तिले कुनै पनि व्यक्तिलाई व्यक्तिगत तहमा कहिल्यै पनि शक्तिको प्रयोग गर्दैन, अर्थात् हरेक व्यक्ति अर्काको स्वतन्त्रतालाई हनन् नगरी आफ्ना व्यक्तिगत क्रियाकलाप सञ्चालन गर्न पूर्ण रूपमा स्वतन्त्र हुन्छन् । यही नै सभ्यता हो ।

यस सैद्धान्तिक धरातलमा हेर्दा नेपाली समाज अझै धेरै असभ्य अवस्थामा नै छ । पारिवारिक सत्ता र शक्ति संघर्षमा अझ आफूलाई धेरै पढे-लेखेको तथा सभ्य भनाउँदा समुदायको पारिवारिक विखण्डन र बाबुआमालाई गरिरहेको व्यवहारले त उनीहरू झनै चरम असभ्य छन् भन्ने पुष्टि गर्छ । त्यसैले विचार र चेतनालाई फराकिलो बनाउँदै आफूमा निहित सत्ता र शक्तिलाई व्यवस्थित गर्ने शिक्षा र समाज प्रणालीको विकास गराइनु आजको आवश्यकता हो ।

(लेखक नेपाल सरकारका उपसचिव हुन् ।)

Tags: जीवनशैली

Discussion about this post

Related Posts

गुटबन्दी र शक्तिको दौडधुप बन्द गर्न सांसदलाई निर्देशन दिँदै लामिछानेले भनेः ‘हामी कानून बनाउन आएका हौं, मन्त्री बन्न होइन’

गुटबन्दी र शक्तिको दौडधुप बन्द गर्न सांसदलाई निर्देशन दिँदै लामिछानेले भनेः ‘हामी कानून बनाउन आएका हौं, मन्त्री बन्न होइन’

ग्रेटर लुम्बिनी परियोजनाका लागि १२ अर्ब ३५ करोड ऋण दिने विश्व बैंकको निर्णय

ग्रेटर लुम्बिनी परियोजनाका लागि १२ अर्ब ३५ करोड ऋण दिने विश्व बैंकको निर्णय

श्रीलङ्काः राति इभी चार्जमा रोकको आग्रह

श्रीलङ्काः राति इभी चार्जमा रोकको आग्रह

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

ग्लोबल रिसाइक्लिङ डे को अवसरमा हाम्रो साइकल यात्रा र्याली आयोजना

ग्लोबल रिसाइक्लिङ डे को अवसरमा हाम्रो साइकल यात्रा र्याली आयोजना

मुख्यमन्त्री यादवद्वारा आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु सार्वजनिक

मुख्यमन्त्री यादवद्वारा आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु सार्वजनिक

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

बारामा दुई भारतीय मोटरसाइकल दुर्घटना हुँदा सिम्रौनगढका एकजनाको मृत्यु

अम्भु प्रसाद साह द्वारा जनकपुरधाम वडा न.–३ का स्थानीय संग भेटघाट अभियान, स्थानीय समस्या समाधानमा जोड

अम्भु प्रसाद साह द्वारा जनकपुरधाम वडा न.–३ का स्थानीय संग भेटघाट अभियान, स्थानीय समस्या समाधानमा जोड

धनुषा ट्राफिक प्रहरी प्रमुख सुर्य बहादुर शाहीको सक्रियतामा व्यवस्थित हुँदै जनकपुरधाम

धनुषा ट्राफिक प्रहरी प्रमुख सुर्य बहादुर शाहीको सक्रियतामा व्यवस्थित हुँदै जनकपुरधाम

सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न प्रहरी कार्यालयमा पुग्नु अस्वीकार्य कदम- सिके राउत

संसदीय राजनीतिबाट सन्यास लिने सीके राउतको घोषणा

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!