जनकपुरधाम/माघ १८ गते । धनुषाको औरही गाउँपालिका- १ स्थित रामजानकी माध्यमिक विद्यालयको कार्यालयबाट चो री भएको कम्प्युटर र अन्य सामान डेरी उद्योगबाट बरामद भएको छ ।

चो री भएका सामानहरु औरही गाउँपालिका- १ मै अमितकुमार साहले सञ्चालन गरेको डेरीबाट बरामद गरिएको हो । चोरीका सामानहरु डेल कम्पनीको मोनिटर १ थान, नोकिया लेखिएको वाइफाइको राउटर १ थान, कम्प्युटर किबोर्ड १ थान, सोमिटर १ थान र सोलार प्लान्ट १ थान बरामद भएको प्रहरीले जनाएको छ ।
चो री गरेको आशंकामा स्थानीय शिवशंकर मण्डललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनी नै चोर भएको र चो रीका सामानहरु डेरीमा राखेको खुलेको थियो ।
स्थानीय लक्ष्मेश्वर यादवको खेतमा जडान भएको सोलार प्लान्टसमेत मण्डलले नै चो री गरेको र डेरी रहेको सडक छेउमा जमिनमुनि खाल्डोभित्र लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
चो री कार्यमा संलग्न मण्डल र डेरी सञ्चालक साहलाई नियन्त्रणमा लिई चोरी मुद्दामा म्याद लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ ।





















Discussion about this post