माघ १७ गते। धनुषाको विभिन्न स्थानबाट चो री गरेको आरोपमा पाँचजना प क्राउ परेका छन् ।
प क्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १४ बस्ने रतिश गुप्ता, सर्लाहीको चक्रघट्टा गाउँपालिका ७ बस्ने २१ वर्षीय रबिन्द्र कुमार यादव र २२ को चन्दन कुमार यादव, जनकपुरधाम २४ बस्ने सरोज कुमार महत्तो र श्याम सुन्दर महत्तो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सोमबार बिहान जनकपुरधाम २ शिवचोक स्थित कपडा पसलबाट मोबाईल चो री गरेको आरोपमा गुप्तालाई प क्राउ गरिएको छ ।
यस्तै, सोमबार राति ८ बजे ज ६ प ७७१४ नम्बरको १५० सि.सि. को कालो रङको पल्सर मोटरसाईकल मिथिला नगरपालिका १० लालगढ मोडेल अस्पतालको छेउमा पार्किङ गरी राखेकोमा चो री गरेर भागेका सर्लाहीका रबिन्द्र कुमार यादव र चन्दन कुमार यादवलाई प क्राउ गरिएको प्रवक्ता प्रहरी नायव उपरीक्ष प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
यस्तै, जनकपुरधाम ४ बस्ने संजिव कुमार रायको घरबाट पानी तान्ने मोटर, पेन्ट, आइरन, लत्ता कपडाहरू चो री गरेर फ रार रहेका सरोज कुमार महत्तो र श्याम सुन्दर महत्तोलाई प क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।





















Discussion about this post