सिरहा । सिरहामा माछा मार्ने क्रममा पोखरीमा डुवेका युवकको श व १८ घण्टापछि फेला परेको छ।
विहिबार अपरान्ह ४ बजे पोखरीमा माछा मार्ने क्रममा चिप्लिएर पोखरीमा डुवेका नरहा गाउँपालिका ३ नभटोली टोलका गणेश सदाको श व शुक्रवार विहान १० बजे फेला परेको हो।
पोखरीमा डुवेको केहीवेरमै प्रहरी र नेपाली सेनाले खोजतलास गरेपनि फेला पार्न सकेको थिएन। आज विहानै विपद व्यवस्थापनको टोली र सशस्त्र प्रहरी गोलबजारको ईन्सपेक्टर सूर्य धमलाको नेतृत्वमा गएको टोलीले श व फेला परेको जनाएको छ।
उद्धार टोलिले खोज्ने क्रममा पोखरीको पश्चिमि किनारमा तैरिरहेको अवस्थामा शव फेला पारेको जनाएको छ।
विहिबार अपरान्ह मलामी गएर घर फर्किदै गर्दा उनी बाटोमै पर्ने पोखरीमा मरेको माछा तैरिएको देखेपछि माछा पकड्न पोखरीमा पस्दा चिप्लिएर लडेका थिए। चिप्लिपएर लडेको केहीवेर पौडने प्रयास गरेपनि उनी फेरी डुवेको पूर्व वडा अध्यक्ष समेत रहेका अनिसुल मियाँले जनाए।
मरेको वस्थामा समेत उनको एकहातमा माछा रहेको छ। श वको प्रकृति हेर्दा उनको हातमा अझै माछा समातिरहेको देखिएको छ । सोही माछा लिएर उनी डुबेका थिए । माछामार्ने क्रममा श्रीमती समेत सँगै थिए। सो पोखरीमा तीन दिन पहिला माछमार्न विषहालेको स्थानीयको भनाई छ।




















Discussion about this post