nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अत्यधिक जाडोका कारण धनुषा र महोत्तरीका पलिकाहरुको सामुदायिक विद्यालय बन्द

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २०, २०७९, ११:३२ मध्यान्ह
भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द

जनकपुरधाम । अत्यधिक जाडोका कारण जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा निजि विद्यालय बन्द गरेको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकूद महाशाखाका वरिष्ठ उपसचिव मिहिलाल यादवले आज एक सूचना जारी गरी पुस २० गतेदेखि २२ गतेसम्मका लागि जनकपुरधाम उपमहानगरपालिका भित्रका विद्यालयहरुमा विदा दिएको जनाएका छन् ।

बालबालिकाको स्वस्थ्यलाई मध्यनजर गर्दै धनुषाको छवटा पालिकाले विद्यालय विदा दिएका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका, धनुषाधाम नगरपालिका, सबैला नगरपालिका, कमला नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र औरही गाउँपालिकाले बिदा दिएका हुन् ।

हिँउदे बिद कट्टा हुने गरी सामुदायिक, संस्थागत विद्यालय पालिकाहरुले बिदा दिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाले मङ्गलबारदेखि बिहीबारसम्मका लागि बिदा दिएको छ । सबैला, कमला, औरही र मुखियापट्टी मुसहरनिया पालिकाले आउँदो शनिबारसम्मका लागि बिदा दिएका छन् । यस्तै, धनुषाधाम नगरपालिकाले पुस २७ गतेसम्मका लागि विदा दिएको छ ।

जिल्ला शिक्षा समन्वय इकाई समिति धनुषाका प्रमुख युक्तप्रसाद शर्माले केही दिनदेखि मौसममा आएको परिवर्तनका कारण चिसो र शीतलहर बढेका हुनाले पठनपाठनमा कठिनाई पुगेको र बालबालिकाको स्वास्थ्यमासमेत असर पर्न थालेपछि पालिकाहरुले विद्यालय बिदा दिएको बताए ।

जाडोका कारण विद्यार्थीहरु विरामी हुन थालेपछि मधेश प्रदेशका विभिन्न जिल्लामा विदा दिइएको छ । जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् । जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार दिनदेखि आठ दिनसम्मको बिदा सूचना गरेका हुन् ।

जिल्लाका जलेश्वर नगरपालिका, पिपरा तथा सम्सी गाउँपालिकाले अ पुस १९ गतेदेखि पुस २६ गतेसम्म आठ दिनको बिदा सूचना गरेका छन् ।त्यसैगरी मटिहानी, भङ्गाहा, लोहारपट्टी, औरही र बलवा नगरपालिका तथा सोनमा गाउँपालिकाले पनि आजदेखि २२ गतेसम्म चार दिन बिदा दिने सूचना जारी गरेका छन् । यसअघि गत आइतबार नै मनराशिशवा र रामगोपालपुर नगरपालिकाले पुस २२ गतेसम्मको बिदा सूचना गरेका थिए। जिल्लाका १५ स्थानीय तहमध्ये ११ ले विद्यालयमा जाडो बिदाको सूचना जारी गरिसकेका छन् । जाडो वढन थालपछि विद्यालय केही दिनका लागि बिदा दिन परेको ती स्थानीय तहका कार्यालयले जारी गरेका सूचनामा उल्लेख छ ।

विद्यालयहरुमा गत एकसातादेखि जाडोले गर्दा विद्यार्थी उपस्थिति निकै घटेको छ । जाडोका वेला प्रत्येक वर्ष धनुषा जिल्लामा यस्तै हुने गरेको श्री निम्न माध्यमिक विद्यालय मानसिंहपट्टी तेतरियाका रामसुन्दर कामतीले वताए । जाडोवाट वालवालिकालाई कुनै त्यस्तो असर नपरोस त्यसका लागि आफूहरु केहीदिनदेखि नै सर्तक रहेको उनको भनाई थियो ।

अत्यधिक चिसोले वालवालिकामा झाडापखाला, निमोनिया, टाउको दुख्ने, श्वासप्रश्वाससम्बन्धी समस्या, रुघाखोकी, एलर्जी, छाला सुक्खा भएर फुट्ने वा दाग देखिने, खाना नपच्ने, हातखुट्टा तथा जोर्नी सुन्निनेलगायत समस्या बढ्ने गरेकाले जाडोवाट बच्न चिकित्सकहरूले बताए । जनकपुरधामका वरिष्ठ वालरोग विशेषज्ञ डा. वलराम मिश्रले चिकित्सकले जाडोका कारण वृद्धवृद्धा र बालबालिका सबैभन्दा बढी जोखिममा रहेको बताएका छन् । जाडोबाट जोगिन कोठालाई न्यानो बनाउनुका साथै बाक्लो कपडाहरु लगाउने र तातो खानेकुरा खानुपर्छ ।

चिसोका कारण श्वासप्रश्वास सम्बन्धी समस्या आउनसक्ने भन्दै उनले त्यसबाट निमोनिया जस्ता घातक समस्या देखिनसक्ने उनले बताए। तराईमा बर्सेनि शितलहरका कारण कतिपय निम्न आय भएका मानिसहरुले ज्यान गुमाउने गरेका छन् ।त्यस्तो अवस्था आउन नदिन मानिसहरुले घरभित्रै बस्नुपर्ने, आगो ताप्नुपर्ने, उपलब्ध न्यानो कपडाहरु लगाउनुपर्ने र कुनै समस्या देखिए तत्कालै स्वास्थ्य चौकी जानुपर्ने डाक्टर मिश्र बताउँछन् । बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले थप जोखिममा भएकाले यो मौसममा उनीहरूले विशेष ख्याल पु¥याउनुपर्ने चिकित्सकको सुझाव छ । जाडोका कारण प्रत्येक वर्ष पटक पटक गरी २ साता भन्दा बढि समय विद्यालय बन्द हुने गरेको छ ।

Tags: धनुषा खबरमधेस प्रदेश खबरमहोत्तरी खबर

Discussion about this post

Related Posts

मधेस सरकारले गर्‍यो कर्मचारी व्यवस्थापनसम्बन्धी तीन महत्त्वपूर्ण निर्णय

मधेस सरकारले गर्‍यो कर्मचारी व्यवस्थापनसम्बन्धी तीन महत्त्वपूर्ण निर्णय

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

सिमराको होटलमा साथीको हत्या गरी फरार मुख्य अभियुक्त पक्राउ

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि