nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

देउवालाई किन चाहियो सीके र रेशम ?

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २८, २०७९, ८:३८ मध्यान्ह
देउवालाई किन चाहियो सीके र रेशम ?

मंसिर २८ गते। जेलमा रहेका रेशम चौधरी लगायतलाई रिहाइ गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याएका छन् । सो अध्यादेशप्रति पक्ष र विपक्षमा चर्चा उत्कर्षमा छ । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले आफ्नै पार्टीका नेताबाट पनि अध्यादेश ल्याएकोमा चर्को विरोध खेप्नु परेको छ । 

चुनावलगत्तै नयाँ सरकार गठन गर्ने चहलपहल सुरु भएको बेला हो यो । यस्तो बेला अध्यादेश ल्याएर प्रधानमन्त्री देउवाले ती दलहरुलाई आफ्नो पक्षमा पार्न यस्तो गरेको अधिकांशको बुझाई छ । 

पाँच दलीय गठबन्धनको सरकार बनाउने लगभग निश्चित भएको छ । सरकारलाई सहयोग गर्न गठबन्धनका तर्फबाट जेलमा रहेका रेशम चौधरीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भेटेका थिए । 

रेशम चौधरीले आफ्नो श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गराएका छन् । सो पार्टीसँग एक स्वतन्त्र गरी चार जना सांसद छन् । 

यो अध्यादेशका कारण सीके राउतका नेता तथा कार्यकर्ता पनि रिहाइ हुने देखिएको छ । सीके राउत मूलधारको राजनीतिमा आएपछि आफ्ना नेता तथा कार्यकर्तालाई रिहाइ गर्नुपर्छ भनि सरकारसँग सम्झौता भएको थियो ।

ओली नेतृत्वको सरकारको पालमा केही रिहाइ पनि भए । बाँकीलाई रिहाइ गर्ने पहल भइरहेको थियो । यो अध्यादेश आइसकेपछि उनीहरू कानुनी प्रक्रिया पुरा गरी बाहिर निस्किने बताइएको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीसँग प्रतिनिधि सभामा एक सिट प्रत्यक्षमा र पाँच सिट समानुपातिकमा गरी ६ जना सांसद छन् । रेशम चौधरीको चार र सीके राउतसँग रहेको छ 
जनासहित १० जना सांसदका लागि प्रधानमन्त्री देउवाले यस्तो रिस्क लिएका हुन् त ? भन्ने प्रश्न उठेको छ । 

प्रधानमन्त्री देउवालाई सरकार बनाउनका लागि १३८ जना सांसद भए पुग्छ । सरकार बनाउन गठबन्धनसँग दुई सीट मात्र अपुग छ । ती दुई सिट पनि गठबन्धनलाई सहज रुपले आउने देखिन्छ । स्वतन्त्रबाट जितेका प्रभु साह र डा.अमरेशकुमार सिंहले पनि समर्थन गर्ने संकेत गरिसकेका छन् । 

गठबन्धन बाहिर रहेको उपेन्द्र यादवको जनता समाजवादी पार्टीले पनि सरकारलाई सहयोग गर्ने संकेत दिइसकेको छ । त्यसबाहेक राप्रपासँग १४ जना सांसद छन्, राष्ट्रिय स्वतन्त्र पार्टीसँग २० जना सांसद छन् । यी दलहरुसँग पनि गठबन्धनले वा प्रधानमन्त्री देउवाले कुराकानी गरेर सरकारमा ल्याउन सक्छन् । तर जेलमा रहेका टीकापुर घटनाका रेशम चौधरीदेखि थुनामा रहेका सीके राउतका कार्यकर्ताको रिहाइ गरेर सरकारमा समावेश गराउन खोजेको कुरालाई धेरैले अनौठो रुपमा लिएका छन् ।     

राजनीतिक विश्लेषक सुरजराज आचार्यले सरकारले ल्याएको अध्यादेशले सबैलाई आश्चर्यचकित बनाएको बताए । उनले भने, ‘संवैधानिक दायराभन्दा बाहिर रहेका व्यक्तिहरुलाई बाहिर ल्याउन जुन किसिमले हतार हतारमा अध्यादेश ल्याइयो, त्यसले धेरैलाई अचम्म बनाएको छ ।’

उनका अनुसार अहिलेको यो गठबन्धनलाई रेशम चौधरीको सिट आवश्यक नै छैन, यदि आवश्यक छ भने कानुनी प्रक्रिया पुर्याएर नयाँ जनादेश पाएका संसदबाट गर्दा हुन्थ्यो । त्यसो नगरी हतार हतारमा अध्यादेश ल्याउँदा शंका उब्जाएको उनले बताए । 

‘यो काम चलाउ सरकार हो, यो खालको निर्णय गर्नु हुँदैनथ्यो । यो गतिविधिले गर्दा सतहमा एउटा कुरा देखिएको छ भने यसको भित्री खेल अर्कै हुन सक्छ,’ उनले भने । सरकार गठनका लागि बहुमत जुटाउने अन्य विकल्प हुँदा हुँदै पनि त्यतातिर ध्यान नदिई गम्भीर अपराधमा मुछिएकालाई बाहिर ल्याएर सरकार बनाउन खोजेको उनले टिप्पणी गरे ।

प्रधानमन्त्री देउवाले सरकारमा सहभागी गराउन वा समर्थनका लागि राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपासँग वार्ताको पहल नै गरेको देखिएको छैन । दोस्रो तेस्रो तहका नेताहरुको बीचमा यदि कुरा भएको छ भने त्यो बाहिर आएको छैन ।

जसपाका अध्यक्ष उपेन्द्र यादवसँग एक दुईपटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलफल गरेका थिए । त्यसबाहेक आधिकारिक छलफल भएको छैन । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई गठबन्धनमा ल्याउन चाहेका छैनन् ।

चुनावको समयमा गठबन्धन छाडेर एमालेलाई सहयोग गरेको विषयलाई लिएर प्रधानमन्त्री देउवा यादवप्रति सकारात्मक छैनन् । ‘नो नट एगेन’ जस्ता नारा दिएर चुनावमा गएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग सबै शीर्ष नेता चिढिएका छन् ।

कांग्रेसका एक नेताले भने, ‘बरु काँग्रेस एमालेसँग मिलेर सरकार बनाउन सक्छ, अन्य विषयमा सहकार्य गर्न सक्छ तर स्वतन्त्र पार्टीसँग कुनै सहकार्य गर्ने पक्षमा छैन ।’ राप्रपा राजतन्त्र र राजालाई ल्याउने वकालतमा छ । त्यो दलसँग सैद्धान्तिक रुपमै कुरा नमिल्ने भएकाले अहिले तत्कालै त्यो दलसँग कुरा गर्ने पक्षमा गठबन्धन देखिएको छैन ।

त्यस हिसाबले सरकारमा सहभागी गराउन गठबन्धनलाई सीके राउत र रेशम चौधरी नै सहज भएको बताइन्छ । तर सीके राउत विगतमा देश टुक्र्याउने अभियानमा लागेको तथा रेशम चौधरी गम्भीर अपराधमा मुछिएकोलाई सरकारमा ल्याउनुलाई पनि धेरैले सकारात्मक रुपमा लिएका छैनन् ।

देउवाले अत्यधिक बहुमतको सरकार बनाउन चाहेको एकथरीको विश्लेषण छ । उता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफ्नै नेतृत्वमा गठबन्धनको सरकार बनाउन चाहन्छन् । गठबन्धनमा जसले बहुमत पुर्याउँछ, उसैले सरकारको नेतृत्व गर्न पाउँछ । त्यसैले, बढी भन्दा बढी सांसद राखेर सरकार बनाउन प्रधानमन्त्री देउवाले चाहेको बताइन्छ । 

पार्टीको एउटा कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूसँग ६० जना सांसद पुग्न लागेको, त्यसैको आधारमा प्रधानमन्त्रीको दावी गर्ने भनेका थिए । यो अभिव्यक्तिले प्रधानमन्त्री देउवा झनै तर्सिएका छन् । यसकारण उनले सरकार गठन गर्दा बहुमत सांसद आफ्नो पक्षमा राख्न चाहेका छन् । 

उता वरिष्ठ पत्रकार तारानाथ दाहाल भन्छन्, ‘सरकारको नियतमाथि प्रश्न उठाउने प्रशस्त ठाउँ छन् ।’ उनका अनुसार यो अध्यादेश सरकार बनाउने नियतले ल्याइएको होइन । ‘गठबन्धनमै सरकार बनाउन बहुमत पुग्छ, अन्य दलसँग कुराकानी गरेर थप सांसद ल्याउन सकिन्छ तर एउटा गम्भीर अपराधमा मुछिएका व्यक्तिलाई बाहिर निकालेर सरकार बनाउनु अर्को अपराध हुन्छ,’ उनी भन्छन् ।

दाहालका अनुसार अहिलेको अध्यादेश उद्देश्य, समय जस्ता विषयलाई विश्लेषण गर्दा सरकारको नियत ठीक नरहेको प्रष्ट बुझ्न सकिन्छ । अध्यादेश अति आवश्यक भयो भने ल्याउने विषय हो तर अहिले यो अध्यादेश ल्याउन के आपत पर्यो ? यही कुरा एक महिनापछि गर्दा के बिग्रिन्थ्यो ?,’ पत्रकार दाहालको प्रश्न छ । उनले सरकारको नियत सफा नरहेको भन्दै यसले राम्रो संकेत नगरेको टिप्पणी गरे ।

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

पार्टीलाई संगठित बनाएर जनतामाझ जानूस् : अध्यक्ष ओली

पार्टीलाई संगठित बनाएर जनतामाझ जानूस् : अध्यक्ष ओली

गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ

गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!