जनकपुरधाम/मंसिर २१ गते ।जनकपुरधाममा स्कुल बसको ठक्करबाट एकजनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका १९ बेंगाशिवपुरका ७५ वर्षीय वृद्ध जहरा दास (पुजारी ) रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ
जनकपुरधाम उपमहानगरपालिका वडा १ को मुसहरी टोलमा दिउँसो ४ बजे मोनाष्टिक स्कुलको ना १ क ३१२४ नम्बरको बसको ठक्करबाट मृ त्यु भएको हो ।
स्कुल बसले बाटो हिँड्दै गरेका पुजारीलाई ठक्कर दिँदा घटनास्थलमा नै मृ त्यु भएको प्रहरीले जनाएको छ ।
बस र बस चालक मनोज मिश्रलाई प्रहरीले प क्राउ गरेको छ । शव परीक्षणका लागि जनकपुर प्रादेशिक अस्पतालमा राखेको र थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।





















Discussion about this post