nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेश र केन्द्रको सरकार नछोड्‌ने : सीके राउत

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १९, २०७९, ८:०१ मध्यान्ह
मधेस प्रदेश र केन्द्रको सरकार नछोड्‌ने : सीके राउत

कृष्ण गिरी/काठमाडौं,/मंसिर १९ गते । सीके राउत नेतृत्वको जनमत पार्टी मधेस सरकार गठनमा ‘किङ मेकर’ को भूमिका छ । जनमत पार्टीको समर्थनबिना प्रदेशको ठूलो पार्टी एमाले सरकार बनाउन सक्ने अवस्थामा छैन ।

न त कांग्रेस नेतृत्वको गठबन्धनले नै सरकार बनाउन सक्छ । राउतको निर्णयले कसको नेतृत्वमा सरकार बन्ने निर्क्योल गर्नेछ ।

त्यति बुझेका राउतले मधेस सरकारको मुख्यमन्त्री दाबी गर्न थालेका छन् । राउतको पार्टीले मधेस प्रदेशमा ६ सिट जितेको छ । मधेस प्रदेशसभामा जनमतका सप्तरीबाट चार र सिराहबाट दुई जना सांसदमा निर्वाचित भएका छन् ।

राउतको यो समीकरणले जसरी मधेस सरकारमा प्रभाव पारेको छ । त्यसरी नै सत्ता समीकरणको प्रतिबिम्ब काठमाडौंमा पनि देखिएको छ ।

प्रतिनिधिसभामा प्रत्यक्ष एक सिट जितेको जनमतले समानुपातिकमा कम्तीमा ४ सिट पाउनेछ । अर्थात्, ५ सिटको जनमत पार्टी केन्द्रमा सरकार बनाउने भूमिकामा पनि देखिने लगभग पक्का छ । सत्ता गठबन्धनले बहुमत नल्याएको अवस्थामा राउतको समर्थन अनिवार्यजस्तै भएको छ ।

मधेस प्रदेश र केन्द्रको उस्तै परिस्थिति बनेपछि राउतको सत्ता यात्राको रस्साकस्सी त चलेकै छ, बजारमूल्य पनि बढ्ने पनि देखिएको छ ।

राउतले पछिल्ला दिनमा सत्ता गठबन्धनका नेताहरूसँग बाक्लो भेटघाट गरिरहेका छन् । अनि, कृषि र उद्योग मन्त्रालयमा नजर लगाएका पनि छन् । अर्थात्, राउत अहिले सरकारमा जान चाहन्छन् ।

त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रिझाउने प्रयासमा लागेका छन् ।

बिहीबार एकैदिन राउतले प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरे ।

भेटवार्ता विशुद्ध बधाई साटासाटमात्र सीमित थिएन, सम्भावित सरकार निर्माण अर्को एजेण्डा थियो । राउतले देउवा र प्रचण्ड भेट्नुअघि कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसँग भेट गरेका थिए ।

मधेस सरकार निर्माणमा भूमिका खेल्ने निधिले राष्ट्रिय सरकार निर्माणमा पनि प्रभाव पार्छन् । त्यसैले देउवा र प्रचण्ड भेट्नुअघि राउतले कांग्रेस नेता निधिलाई भेटेका थिए ।

प्रचण्डको सचिवालयका अनुसार राउतले भेटमा प्रचण्डको खुबै तारिफ गरेका थिए । प्रचण्डको क्रान्तिकारिताबाट प्रभावित भएर राजनीतिमा आएकोसम्म राउतले भन्न भ्याएका थिए ।

प्रचण्डलाई क्रान्तिकारी र केपी ओलीलाई गफाडी नेता भन्नसमेत राउतले भ्याइसकेका छन् । त्यसैले परिस्थिति अनुकूल बनाउन राउतले भेटवार्तालाई बाक्लो बनाएका छन् ।

मधेस प्रदेश केन्द्रित राजनीति गरेका जसपा र लोसपा कमजोर बनेपछि राउतको उदय भएको हो । यो उदयलाई कायम राख्न राउतलाई पार्टीको जनमत जोगाउनुपर्नेछ ।

जनमत जोगाउन पनि सत्ता गठबन्धन आवश्यक पर्छ । अर्थात्, काम गरेर देखाउन भए पनि सरकारमा जानुपर्ने बाध्यतामा राउत देखिन्छन् ।

राउतले चुनाव जितेपछि किसानका मुद्दा अगाडि बढाउने बताएका छन् । उनले सत्ता गठबन्धनका शीर्ष नेताहरूसँगको भेटमा सरकारमा सहभागी भएमा त्यही मन्त्रालय दाबी गर्नेसम्मको कुरा गरेका छन् । राउतले एक अन्तर्वार्तामा कृषि र उद्योग मन्त्रालय दाबी गर्ने बताइसकेका छन् ।

राउत सकेसम्म मधेसवादी दलहरूलाई यो गठबन्धनको सरकारमा रोक्ने रणनीतिमा पनि छन् । आफू सरकारमा गएर मधेसमा केही प्रभाव पार्ने काम गरेर संगठन विस्तार गरेर बलियो हुने दाउमा उनीहरू छन् ।

मधेस प्रदेश सरकार निर्माणमा ‘किङ मेकर’ बनेका राउतलाई कांग्रेस र माओवादीले चिढ्याउन पनि चाहेका छैनन् ।

प्रतिनिधिसमामा ५ सिट हुने राउतलाई सम्मानजनक मन्त्रालय दिँदा प्रदेशको मुख्यमन्त्रीसहित सत्ता साझेदारी गर्न सकिने कांग्रेस र माओवादीको बुझाइ छ ।

राउत सत्ता गठबन्धनमा सामेल भएर केन्द्र र प्रदेश सरकार गठनमा सहभागी हुन सहमत भएको स्रोतको दाबी छ ।

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

१७ जना डाक्टरको दर्ता खारेज

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!