मंसिर १५ गते । धनुषामा कु टपिट गरी ह त्या गरेको आरोपमा दुईजना प क्राउ परेका छन् । धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. ४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको ह त्या अभियोगमा स्थानीय दुईजनालाई प्रहरीले प क्राउ गरेको हो ।
प क्राउ पर्नेमा स्थानीय ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेका छन् । दुबैजनालाई प क्राउ गरी कर्तव्य ज्यान कसुरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।जग्गा सम्बन्धि विवादलाई लिएर कु टपिटबाट प्रभुको मृ त्यु खुल्न आएको समेत प्रहरीले जनाएको छ ।
पहिलादेखि चलिरहेको जग्गा सम्बन्धि विवादलाई लिएर बिहीबार राति साढे ८ बजे स्थानीय सुरज यादवको परिवार प्रभुको घरमा पुगेका थिए । सोही ठाउँमा आक्रमण गर्दा प्रभुको मृ त्यु भएको परिवारजनाको भनाइ छ । घटनामा प्रभुकी श्रीमती महाजनी देवी यादव, जेठो छोरा जगरनाथ यादव, माहिलो छोरा सन्तोष यादव र कान्छो आशोक यादव घाइते भएका छन् ।
साभार-टुडेपाटी बाट





















Discussion about this post