nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

निर्वाचनको नतिजाले हाम्रो यात्रालाई कुनै असर पार्ने छैन

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १२, २०७९, ८:११ मध्यान्ह
उपेन्द्रको दुखेसो सहितको चेतावनी ‘हस्तक्षेप स्वीकार हुँदैन’

-उपेन्द्र यादव

मुलुकमा पञ्चायती व्यवस्था/निरङ्कुश राजतन्त्र भएको बेला जनतालाई लोकतन्त्र, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रता लगायतका मौलिक हकहरूबाट वञ्चित गरिएको थियो । उक्त निरङ्कुश शासनको विरुद्धमा वामपन्थी राजनीतिक धारबाट प्रेरित भई विद्यार्थी राजनीति मार्फत सङ्घर्ष सुरु गरेको थिए ।

वि.सं. २०३२ सालको विद्यार्थी आन्दोलनमा सक्रियतापूर्वक भाग लिएकोले तत्कालीन शासकहरूको आदेशमा पहिलो पटक जेल परे ।

त्यसपछि निरन्तर रूपमा लोकतन्त्र, बहुदलीय व्यवस्था, जनताको अधिकार, समानता तथा सिमान्तिकृत वर्गको उत्थानको लागि सकृय राजनीतिमा लागी सङ्घर्ष जारी नै राखे ।

वि.सं. २०३६ सालको विद्यार्थी आन्दोलनमा पनि सकृय भूमिका निर्वाह गर्ने अवसर पाएँ । यसरी वामपन्थी राजनीति मार्फत अगाडि बढ्दै जाँदा विभिन्न अवरोधहरूको पनि सामना गर्नुपर्यो । वि.सं. २०४२ सालमा पञ्चायती व्यवस्थाको विरुद्धमा लोकतन्त्र बहालीको लागि लड्ने क्रममा काठमाडौँको केन्द्रीय कारागारमा र वि.सं. २०४६ सालमा आन्दोलनको क्रममा विराटनगरबाट पक्राउ परि धनकुटा जेलमा बन्दि जीवन बिताउनु पर्यो ।

देशमा बहुदलीय व्यवस्था आइसक्दा पनि मधेसी, आदिवासी जनजाति, दलित, थारु, मुस्लिम लगायतका सीमान्तकृत समुदायहरू या बहिष्करणमा पारिएका समुदायहरूको पहिचान, अधिकार, प्रतिनिधित्व, समावेशिता लगायतका सवालहरू सम्बोधन हुन सकेको थिएन । उनीहरूलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरिँदै थियो । मधेसी समुदायलाई बिदेसी, मदिसे, धोती, बिहारी जस्ता अपमानजनक शब्दहरू प्रयोग गरी सम्बोधन गर्ने कार्यहरू हुँदै थियो । उनीहरू अपमानित र अपहेलित जीवन बिताउन बाध्य थिए ।

राज्यको दोहोरो चरित्रको विरुद्धमा एउटा लडाई अपरिहार्य रहेको महसुस गर्दै तत्कालीन मधेसी जनाधिकार फोरमको नेतृत्वमा ऐतिहासिक मधेस जनविद्रोहको संखनाध गर्यौ । र, मधेसी जनाधिकार फोरमको अध्यक्षको हैसियतले मैले नेतृत्व गरेको मधेस जनविद्रोह सफलतापूर्वक अगाडि बढ्यो ।

संविधान सभा भित्र र बाहिर रहेर देशको सम्पूर्ण वर्ग र समुदायले स्वामित्व ग्रहण गर्ने संविधान जारी गर्न हामी अन्तिम समयसम्म पनि सङ्घर्ष जारी राख्यौँ । त्यही सङ्घर्षको उपलब्धि स्वरूप आज यतिसम्मको संविधान बन्न सक्यो । नत्र यो पनि सम्भव थिएन । आज सङ्घीयता, गणतन्त्र, समावेशिता, मौलिक हक र सामाजिक न्याय जस्ता उपलब्धिहरू ऐतिहासिक मधेस जनविद्रोहकै देन हो ।

तथापि यो संविधान त्रुटिपूर्ण छ, संविधानमा असमानताहरू रहेका छन् । अझै पनि सङ्घीयता वास्तविक रूपमा सङ्घीयता जस्तो हुन सकेको छैन । प्रदेशलाई अधिकार सम्पन्न र बलियो बनाउन सकिएको छैन । हरेक समुदायले जनसङ्ख्याको आधारमा प्रतिनिधित्व गर्न पाउने अधिकार सुनिश्चित भइसकेको छैन ।

यस संविधानले विभिन्न राष्ट्रियताहरू जातीय समुदायहरूको पहिचानलाई सम्बोधन गर्न सकेको छैन । बहुभाषिक नीतिलाई राम्ररी अवलम्बन गरी अभ्यासमा ल्याउन सकेको छैन । यस संविधानले अझै पनि गलत शासकीय स्वरूपलाई अङ्गालेको छ । विकृतिमूलक निर्वाचन प्रणाली अपनाएको छ । स्वतन्त्र न्यायालय भए तापनि न्यायालयसम्म सबै नागरिकको पहुँच हुने गरी संरचना बनाउन सकिएको छैन । जसले गर्दा न्याय पाउने आधारभूत अधिकारबाट आज पनि लाखौँ जनता वञ्चित हुनुपरेको छ । त्यसैले संविधान संशोधन र परिवर्तनको लागि हामी अझै पनि सङ्घर्षरत छौँ ।

बहिष्करणमा पारिएका जनसमुदायहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, न्याय इत्यादि आधारभूत आवस्यक्ता प्रति हामी सुरुदेखि नै प्रतिबद्ध थियौँ, छौँ र रहने छौँ । अबको प्रयास भनेको प्राप्त उपलब्धिहरूको संरक्षण र बाँकीको लागि सङ्घर्ष गर्दै आर्थिक उन्नति मार्फत समतामूलक विकासकै लागि हो ।

मधेस विश्वविद्यालय, मधेस प्रदेश कृषि विश्वविद्यालय, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नर्सिङ कलेज र ईन्जीनियरिङ कलेज, सडक सञ्जाल, शिक्षामा छात्राहरूको पहुँच लगायतका प्रयासहरू यसै उद्देश्य पूर्तिको पूर्वाधारहरू हुन् । अन्य कतिपय योजनाहरू पनि पुरा भइसकेको वा हुने क्रममा रहेको सर्वविदितै छ ।

चुनाव एउटा राजनीतिक प्रक्रिया हो । जस मार्फत जनताले आफ्नो प्रतिनिधि छान्ने हो । चुनावमा भएका आन्तरिक र बाह्य षडयन्त्रको सुईको मैले पनि पाएको छु । यसको पनि मूल्याङ्कन हुने नै छ । र, कुनै पनि खालको हस्तक्षेप हामीलाई स्वीकार्य छैन । यस चुनावको परिणाम रहस्यमयी रहे तापनि हामी जनताको निर्णयको सम्मान गर्दछौँ । नव निर्वाचित जन प्रतिनिधिहरूलाई हाम्रो साथ सहयोग रहने नै छ । सम्पूर्णमा सुखद कार्यकालको शुभकामना व्यत्त गर्दछु ।

निर्वाचनमा सहभागी मतदाताहरू, सहकार्य तथा प्रतिस्पर्धामा रहेका विभिन्न दल र त्यसका नेताहरू, निर्वाचन आयोगका कर्मचारीहरू, सुरक्षा कर्मीहरू, पत्रकार तथा पर्यवेक्षकहरू लगायत सम्पूर्ण सहयोगी संस्थाहरू, निर्वाचन अवधिभर अहोरात्र खट्नुहुने युवाहरू, प्रचारप्रसारलाई रचनात्मक बनाउन सहयोग गर्नुहुने गायक तथा सङ्गीतकर्मीहरू लगायत सबैमा विशेष धन्यवाद ज्ञापन गर्दछु ।

अन्त्यमा, यस निर्वाचनको नतिजाले हाम्रो सङ्घर्ष यात्रालाई कुनै असर पार्ने छैन । एक इन्च पनि तलमाथि नभईकन जनताको म्यान्डेट अनुसार हामी हाम्रो मिसनमा लागिरहने छौँ । बरु विगतको समीक्षा गर्दै हाम्रो प्रयास झन् ससत्त हुने विश्वास दिलाउन चाहन्छु ।

(जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि जारी गरेको पहिलो प्रेसनोट)

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

१७ जना डाक्टरको दर्ता खारेज

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!