धनुषा/कार्तिक २१ गते। धनुषामा सुमो दुर्घटना हुँदा एक नवजात शिशु र एक महिलाको मृ त्यु भएको छ ।
धनुषाको लक्ष्मीनिया गाउँपालिकामा ना३च ३५७५ नम्बरको टाटा सुमो अनियन्त्रित हुँदा शिशु र महिलाको मृ त्यु र ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जनाएका छन् ।
जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुमो अनियन्त्रित भइ दुर्घटना भएको बताउँदै उनले सुमोमा सवार ८ जनामध्ये ६ जना घाइते मध्ये मिथिला नगरपालिका हरिहरपुरकी सन्जुदेवी महतोको एक दिने शिशुको घटनास्थलमै मृ त्यु भएको जनाइएको छ।
त्यस्तै, मृ त्यु हुनेमा क्षीरेश्वरनाथ नगरपालिका–०७ की २४ वर्षीय राधादेवी सिंह रहेकी छन् । यस्तै घाइतेहुनेहरुमा सोही नगरपालिका की ४० वर्षीय फुलोदेवी महतो, हरि हरपुरकी ६० वर्षीय कमलीदेवी र सोही पालिका १ की १५ वर्षीय सुधीसिंह र लक्ष्मीनियाँ गाउँपालिका–०६ वगेवा बस्ने चालक सिकिन्द्र ठाकुर शर्मा र मिथिला नगरपालिका–३ बस्ने चन्द्रकला महतो रहेकी छन् ।





















Discussion about this post