सिरहा/कार्तिक १२ गते । सिरहाको एक खोलामा नवजात शिशुको श व फेला परेको छ ।
शनिवार बिहान सिरहाको गोलबजार नगरपालिका ८ मा रहेको मैनावती खोलामा नवजात शिशुको श व फेला परेको छ।
छठ पर्वको लागि खोलामा घाट निर्माण गर्न पुगेका स्थानीयले शिशुको श व देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
आवश्यक प्रक्रिया पुरा गरी प्रहरीले पोस्टमार्टमको लागि श व प्रादेशिक अस्पताल लहान पठाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर राजु केसीले जानकारी दिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

















Discussion about this post