आदित्य अजय / सप्तरी /असोज २४ गते। प्रदेशसभा सदस्य २०७९ का लागि सप्तरी निर्वाचन क्षेत्र नं. २(ख) बाट खेलानन्द दासले स्वतन्त्र बाट उम्मेदवारी दर्ता गराएका छन्।
बिभिन्न सामाजिक गतिविधी मार्फत् चिनिएका उनले आईतबार उम्मेदबारी दर्ता गराएका हुन् । उम्मेदबारी दर्ता गराउन जाने क्रममा उनी राष्ट्रिय झण्डा ओढेका थिए भने हातमा लौरो बोकेका थिए । जुन काठमाडौंका मेयर बालेन साह उम्मेदबार बन्दा गरेका थिए दासले त्यस्तै गरेका छन् ।
दासले आफूलाई जनताले सहयोग गर्ने विश्वास राखेका छन् । ‘मलाई यस क्षेत्रका जनताले जिताउनेमा आशा छ’ उनले भने, ‘युवाहरुको सहयोग आफैंलाई हुनेमा ढुक्क छु ।’














Discussion about this post