nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी २ बाट उपेन्द्र यादवले गरे उम्मेदवारी दर्ता,उनको बलियो प्रतिस्पर्धी सीके राउत र जयप्रकाश

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २३, २०७९, १०:२३ मध्यान्ह
सप्तरी २ बाट उपेन्द्र यादवले गरे उम्मेदवारी दर्ता,उनको बलियो प्रतिस्पर्धी सीके राउत र जयप्रकाश

सप्तरी/असोज २३ गते । जनप्रतिनिधि फेरि रहने क्षेत्रमा पर्छ, सप्तरी क्षेत्र नम्बर २ । तत्कालीन सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहले २०४८ र २०५१ मा जिते यता कसैले पनि यो क्षेत्रबाट दोहो¥याएर चुनाव जितेका छैनन् ।

संविधानसभा निर्वाचन–२०६४ मा मा सद्भावना पार्टीबाट महेश यादव निर्वाचित भएका थिए । दोस्रो संविधानसभा–२०७० मा महेशले जम्मा ४६ मत प्राप्त गरे र, माओवादीका उमेश यादव विजयी भए । २०७४ को निर्वाचनमा उमेशलाई हराएर तत्कालीन संघीय समाजवादी फोरमका उपेन्द्र यादव विजयी भए ।

आइतबार उनले सप्तरी २ मै उम्मेदवारी दर्ता गरे । जिल्लाका नेतासहित राजविराजस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका छन् ।

सीके राउत र जयप्रकाश ठाकुर बलियो प्रतिस्पर्धी

उपेन्द्र यादवले उम्मेदवारी दिएको क्षेत्रबाट सत्ता गठबन्धनको समर्थनमा लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् ।

२०७४ को चुनावमा तत्कालिन राजपाबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका नेता ठाकुरले ९ हजार ४५८ मत पाएका तिए । ठाकुर निकट नेताहरुका अनुसार यो उनको व्यक्तिगत मत हो । यो पटक पार्टीबाटै उम्मेदवार बनेका छन् भने सत्तारुढ गठबन्धनको साथ भएकाले उनी बलियो उम्मेदवार हुन् ।

यही क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पनि उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा जनमतको ठूलो पकड छैन । यद्यपि राष्ट्रिय अध्यक्ष नै यहाँबाट लड्दा व्यक्तिगत भोट पाउने नेताहरुको दाबी छ । उम्मेदवारी दर्तापछि राउतले पनि भनेका छन्, ‘जनताले मलाई जिताउनेमा विश्वस्त छु ।’

त्यो गठबन्धन, यो गठबन्धन

२०७४ सालमा उपेन्द्र आफ्नै नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट चुनाव लडेका थिए ।

मधेस आन्दोलनको रापताप बाँकी थियो भने ससफोले तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) सँग प्रदेशभर गठबन्धन गरेको थियो । त्यसमाथि कांग्रेसले पनि सकलदेव सुतिहारको उम्मेदवारी फिर्ता गराएर उपेन्द्रलाई समर्थन गरेको थियो । त्यसैले गृहजिल्लाबाट लडेको पहिलो चुनाव उपेन्द्रलाई सहज भयो ।

यसपटक जसपाको आफैं अवस्था पनि राम्रो छैन । आन्दोलनको रापताप छैन भने सहयात्री फेरिएको छ । सत्ता गठबन्धनबाट बाहिरिएको जसपाले एमालेसँग सहकार्य गरेको छ र, सप्तरी–२ मा अरु दलका तुलनामा एमाले कमजोर छ ।

३० वैशाखको स्थानीय निर्वाचन हेर्दा यो क्षेत्रमा पर्ने चार पालिकामध्ये एउटामा जसपाले जितेको छ । जसपाले राजविराज नगरपालिकामा जित्दा छिन्नमस्ता र महादेवामा लोसपा र तिलाठी कोइलाडी गाउँपालिकामा कांग्रेसले जितेको छ ।

वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका अधारमा हेर्दा जसपा पहिलो स्थानका छ । उसले १४ हजार ४०३ मत पाएको भने दोस्रो स्थानमा रहेको कांग्रेसले १० हजार ८०७, लोकतान्त्रिक समाजवादी पार्टीले पनि १० हजार ४३५ मत पाएको छ । माओवादीको ९ हजार ५३४ र एमालेको ५ हजार ९५१ र जनमतको ४ हजार ५४२ मत छ । गठबन्धनमा आवद्ध दलको मत जोड्ने हो भने जसपा अध्यक्ष यादव ठूलो मतान्तरले पछाडि देखिन्छ ।

सत्ता गठबन्धन छाडेर एमालेतिर लागेकोमा स्वयं जसपा नेताहरु समेत सन्तुष्ट देखिएका छैनन् । ‘हिजो मात्रै केपी शर्मा ओलीविरुद्ध प्रतिगमनकारीको नारा लगायौं, अनि आज मात्रै कसरी ओली राम्रो भयो भनेर भन्नु’ एक नेता भन्छन्, ‘बरु एक्लै चुनावमा गएको भए धेरै ठाउँमा जित्न सहज हुन्थ्यो ।’

जसपा अध्यक्ष यादवले भने सिटको तालमेलले विचारलाई छेक्न नसक्ने प्रतिकृया दिएका छन् । भन्छन्, ‘राजनीतिक रुपले आफ्ना विचारधारा छन् । यसमा सहमत, असहमत छँदैछ, यो सिटको तालमेल हो । सिट तालमेलले विचारलाई छेक्दैन ।’

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!