nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सत्ता गठबन्धन : जसपा ‘आउट’ लोसपा ‘ईन’ ८ सिट दिन दलहरु सहमत, ४ सिटमा छलफल

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २२, २०७९, ११:४० बिहान
सत्ता गठबन्धन : जसपा ‘आउट’ लोसपा ‘ईन’ ८ सिट दिन दलहरु सहमत, ४ सिटमा छलफल

असोज २२ गते। जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिंदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रवेश पाएको छ ।

५ पुस २०७७ को प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका बेलादेखि उपेन्द्र यादव नेतृत्वको यो समूह यो गठबन्धनमा थियो ।

दोस्रो विघटनपछि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालत गएको यो पक्ष २८ असारमा संसद पुनर्स्थापनापछि देउवा सरकारमा गयो ।

साउनमा जसपा विभाजन भयो । तर उपेन्द्र यादव पक्ष बाबजुद गठबन्धनमा रहिरह्यो ।

३० वैशाखको स्थानीय चुनावपछि भने जसपा गटबन्धनप्रति असन्तुष्ट देखिएको थियो । विराटनगर महानगरपालिकाको उपमेयरमा छोरा अमरेन्द्र पराजित भएपछि अध्यक्ष यादवले धोका भएको बताएका थिए ।

त्यसयता एमालेसँग सम्पर्क बढाएको जसपा सत्ता गठबन्धनको सिट बाँडफाँटमा सक्रिय सहभागी थियो ।जसपाले प्रतिनिधिसभामा १६ सिट पाउने निश्चित जस्तो भएको थियो । तर, सिट बाँडफाँटप्रति असन्तुष्टि जनाएको उसले अरु दलसँग तालेमल गर्ने ढोका खोल्यो । यद्यपि बिहीबार साँझसम्म जसपाका नेताहरु सत्ता गठबन्धनको बैठकमा सहभागी भएको थियो ।

वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमनलाई बालुवाटारको बैठकमा पठाएका जसपा अध्यक्ष यादव भने एमाले नेताहरुसँग वार्तामा थिए ।

एमाले सचिव रघुवीर महासेठको निवासमा अबेरसम्म चलेको बैठक सहमति नजिक रहेका नेताहरु बताउँछन् । जसपाले मधेस प्रदेशका १६ सहित २४ सिटमा दाबी गरेको छ भने एमाले २२ सिट दिन तयार भएको छ ।

एमालेसँग प्रदेशसभाको समेत सिट बाँडफाँटबारे छलफल थालेको जसपाका नेताहरु शुक्रबार बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा गएनन् ।

केही घण्टासम्म जसपा नेताहरुलाई कुरेका सत्ता गठबन्धनका नेताहरुले तत्काल लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुलाई बोलाएर छलफल थालेका छन् ।

लोसपा नेताहरु शरतसिंह भण्डारी, अनिलकुमार झा र जितेन्द्र सोनल बालुवाटार पुगेका थिए । उनीहरुले प्रतिनिधिसभाको १५ सिट र मधेश प्रदेशमा मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने दाबी गरेका थिए ।

गठबन्धनका एक नेताका अनुसार सत्ता गठबन्धनका दलहरु ८ सिट दिन सहमत भएका छन् ।

‘लोसपा आजबाट तालेमलमा आएको छ’, माओवादी केन्द्रका एक नेता भन्छन्, ‘उहाँहरुलाई ८ सिट दिने सहमति भएको छ । थप केही सिटमा छलफल जारी छ ।’

अहिलेसम्म कांग्रेसको ८४, माओवादी केन्द्रको ४७, एकीकृत समाजवादीको २० र राष्ट्रिय जनमोर्चाको २ सिट टुंगिएको छ । बाँकी सिटमा भोलिसम्म सहमति जुट्ने गठबन्धनका नेताहरुको दाबी छ ।

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!