लहान /असोज १९ गते। सिरहाका धेरैजसो पालिकाहरुमा चार्डपर्व लक्ष्यित अ श्लील नृत्य सँगै नाचनचनिया नचाउने गरेका छन् । ती अश्लील नृत्य प्रहरी प्रशासनकै रोहबरमा रातभरि खुल्मखुल्ला नचाइएको पाइएको छ।

सिरहाको दक्षिणी सिमावर्ती क्षेत्रहरुमा यसको बढदो चहलपहल बढेको देखिन्छ । सिरहाको मोहनपुर, रामपुर, लक्ष्मीपुर पतारी पोखरी नजदिकै इलाका प्रहरी कार्यालय महेशपुर पतारी रहेता पनि प्रहरी उभिएर राभरि आफू अश्लील नृत्य हेर्दै शान्ति सुरक्षा दिने गर्दछन। नृत्य र ध्वनि प्रदुषण यसको प्रभाव बजार क्षेत्रमा खासै देखिदैन तर, ग्रामीण क्षेत्रमा ध्वनि प्रदुषणबाट स्थानीयहरु वाकिब भएको देखिन्छ ।
अहिलेको मैथिली , भोजपुरी , गीतसंगीतहरुमा छाडा पन् रहेता पनि आधुनिकताको युगमा आफ्नै परिवारका सदस्य बसेर आपसमा नसुन्ने अवस्था समेत आएको छ। यो सँगै चार्डपर्वहरुमा प्रशासनिक निकाय एक्सनमा आउनु , शान्ति सुरक्षालाई थप सशक्त बनाईराख्नु अति आवश्यक हुनु पर्दछ।
उक्त नचनिया ( युवतीहरु ) प्रायः जसो भारतबाट ल्याई अस्लित नृत्यमाथि स्थानीयले मज्जा लिने गर्दछन्।
उक्त अश्लीलता रोक्न न त जिल्ला प्रहरी कार्यालय , न त जिल्ला प्रशासन कार्यालय कुनै एक्सनमा नआइएको देखिन्छ ।
खासगरी ग्रामीणस्तरमा कलह, झैझगडाको अभिन्न अङ्ग अश्लीलता नै भएकाले प्रहरी प्रशासनको भुमिका देखाउन अपरिहार्य छ। छड्के युवाहरु अश्लीलता प्रति बढी आकर्षित हुने गरेको देखिन्छ ।
यसलाई रोक्न निकाय एक्सनमा आउनु आवश्यक देखिन्छ । रफ् गीतसंगीतले समाजमा विकृति, विसंगति मात्रै सृजना गर्दैन बलकि, मन बढोत्तरीको जड रफ् अश्लील गीत नै हो ।

















Discussion about this post