जनकपुरधाम असोज १८ गते। जनकपुरधाममा भीषण आगलागी भएको छ । जनकपुरधामस्थित कदम चोकमा रहेको हेलमेट पसलबाट सोमबार राति सुरु भएको आगोले सँगै रहेका तीनघरमा समेत क्षति पुगेको हो ।
आगलागीमा परेर ३ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ ।
उक्त गोदाममा काम गर्ने धनुषा लक्ष्मीनियाँ गाउँपालिका वडा २ सिनुरजोडाका अन्दाजी वर्ष २२ वर्षका सुभाष यादव गम्भीर घाइते भएका छन् भने अन्य दुई जनाको पहिचान खुल्न सकेको छैन । यादव उपचार सम्भव नभएपछि काठमाडौँ रेफर गरिएको जनकपुर प्रादेशिक अस्पतालले जनाएको छ ।
हेर्नुहोस भिडीयो
साभार स्रोत-ईजनकपुरटुडे बाट














Discussion about this post