nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

हुलाकी सडकले पुराना बजार गुल्जार हुँदै

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १०, २०७९, १०:०६ मध्यान्ह
हुलाकी राजमार्गको सप्तरी-सर्लाही खण्डको ८० प्रतिशत कालोपत्र सम्पन्न

असोज १० गते। सिरहा—धनुषा—सप्तरी खण्डमा करिब ९० प्रतिशत हुलाकी सडक कालोपत्र भएको छ । यसको अन्तिम चरणको काम भने बाँकी छ । सडक बनेसँगै सडक क्षेत्रको जग्गाको मूल्य बढेको छ ।  घनाबस्ती हुँदै गएको यस क्षेत्रमा हुलाकी सडकलाई मधेसको लाइफलाईन मानिन्छ । कमला नदी र सिरहामा पर्ने गागनलगायत केही खोलामा पुल निर्माणको काम पूरा नहुँदा तीनटै जिल्लाका ग्रामीण क्षेत्र विकासमा पछि परेको छ । पुल बन्यो भने राजविराजबाट —सिरहा हुँदै सीधा धार्मिक महत्व बोकेको सहर जनकपुरधामसम्म सवारी सञ्चालन हुनेछ ।

 हुलाकी सडक सुख्खा मौसमा धुलाम्मे र वर्षामा हिल्लाम्मे देखिने गरेकोमा कालोपत्र भएपछि प्रत्येक किलोमिटरमा नयाँ चोक निर्माण निर्माण भएको छ भने पुरानो बजार गुल्जार भएको छ । सप्तरीमा बोदे बर्साइन् बजार, डिमन, पथरगडा, अर्नाहा, चन्ही चोक, सिरहामा भगवानपुर, सोनवर्षा, बरयारपट्टी, औरही, सनहैठा, धनुषमा कमला, तीन कोरिया, लगमा, सघरा, औरही, भेल लागायतका बजार  तीव्र गतिमा विकास भइरहेको छ ।

 यो राष्ट्रिय गौरवको आयोजना अन्र्तगतको  हुलाकी सडकमा पर्ने पुराना बजारले काँचुली फेरेको छ । हुलाकी सडकमा पर्ने बजारको विकास भएसँगै  ग्रामीण जनताको जीवनस्तर उकासिएको छ । ठूला लगानीका पसल थपिएको छ ।  किनमेल गर्न लहान जानुपर्ने अवस्थाको अन्त्य भएको भगवानपुर गाउँपालिकाका जयनारायण यादवले बताए । सिरहाको बरियारपट्टी बजारको स्वरुप यति बेला फेरिएको छ । बजारको स्वरुप फेरिएसँगै त्यहाँका स्थानीयवासीमा पहिलाको भन्दा अचेल बेग्लै खालको उत्साह देखिन थालेको छ । “पहिला पहिला बजार क्षेत्रमा साघुँरो सडक र फुसको छाप्रो, त्यहीँभित्र साना–साना व्यवसायी मात्र थिए”, बरियारपट्टीका शङ्कर साहले भने, “तर अहिले सडक फराकिलोसँगै ठूलठूला पक्की भवन र ठूलो लगानीका पसल खुलेका छन् ।”

सप्तरीका बलान बिहुँल गाउँपालिका–२ चन्ही चोकमा १२ वर्ष अगाडि निकै सस्तोमा पाइने जग्गाको भाउ अहिले आकासिएको स्थानीयवासी रामशङ्कर भण्डारीले बताए । “सडक पूर्णरुपमा तयार भयो भने जग्गाको भाउ अझै बढ्ला”, स्थानीयवासी प्रमेश्वर दासले बताए । यस क्षेत्रमा पुल निर्माण सम्पन्न हुने वित्तिकै सडकमा गाडी चल्न सुरु हुने तथा धनुषा, सिरहा र सप्तरीका ग्रामीण बस्तीमा आर्थिक गतिविधि बढ्ने नेरुडे लघुवित्त सनैहठा शाखामा कार्यरत हेमन्थ यादवले बताए । सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुल भत्किएको एक वर्ष भन्दा बढी भइसक्दा पनि पुनःनिर्माण भएको छैन । जसका कारण अस्थायी पुलमा जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् । सिरहा सदरमुकामबाट हुलाकी सडक भएर जनकपुरधाम पुग्न करिब ४५ मिनेट लाग्छ । तर, राजमार्ग भएर जनकपुरधाम पुग्न झण्डै तीन घण्टा लाग्छ । राजमार्गको दूरी लामो तथा गाडीको चाप भएकाले धेरै मानिस जोखिम मोलेरै जनकपुरधाम पुग्न हुलाकी सडक रोज्छन् ।

 पुलको पूर्व सिरहा नगरपालिका र पश्चिम धनुषाको कमला नगरपालिका पर्छ । कमला नदीमा चार सय ७० मिटर लम्बाइ र ११ मिटर चौडाइ पुल निर्माणका लागि २०६८ मै पप्पु लुम्बिनी विल्डर्सले रु २४ करोड ९१ लाखमा ठेक्का लिएको थियो । केही काम गरी पप्पुले काम नगरेपछि सम्झौता रद्द गरी २०७६ असोज १ मा लुम्बिनी विल्डर्स कन्स्ट्रक्सनलाई जिम्मा दिइयो । एक वर्ष अगाडि असारमा पहिलो पुल हस्तान्तरण गर्ने भनी निर्माण कम्पनीले तयारी गरिरहँदा २०७८ असार १७ को सामान्य बाढीले पिलर भासियो, ढलानसमेत खस्यो । सरकारले पुल पुनःनिर्माण गर्न निर्देशन दिए पनि निर्माण व्यवसायी कम्पनीले वास्ता गरेको छैन ।

हुलाकी सडक आयोजना जनकपुरधामका प्रमुख इञ्जिनीयर कृष्णा महतोले भने, “ठेक्का लिएकै कम्पनीले पुनः पुलःनिर्माण गर्छ । वर्षायाममा अर्को डिजाइन तयार पार्ने र हिउँदबाट काम सुरु गर्ने भनिएको थियो । अब काम सुरू हुन्छ ।” यस्तै सिरहाको औरही गाउँपालिका वडा— ५ गागन नदीमा हीराचन रोशन कन्ट्रक्सन प्रालि मार्फत रोशन कन्ट्रक्सनले पुल निर्माणको काम गर्दै आएको छ । तीन वर्षभित्र सकिने गरी २०७६ सालमा सम्झौता भएको सो पुल निर्माणको काम  ढिलो हुँदा स्थानीयवासी निराश बनेका छन्  ।
 
सिरहा सिमनामा बलान पुल देखि कमला पुल २९। ८८ किलोमिटर, सप्तरी जिल्लामा कञ्चनरुपदेखि बलान पुल ३२ किलोमिटर, धनुषा जिल्लामा कमला पुल देखि जनकपुरधाम २७ किलोमिटर हुलाकी सडक खण्ड पर्दछ  ।

Tags: हुलाकी राजमार्ग

Discussion about this post

Related Posts

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

कंगोमा इबोलवाट तीन महिना मै ९९९ को मृत्यु, शव दहनमा स्थानिय अबरोध

कंगोमा इबोलावाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ५ दिनमा ४० प्रतिशतले बृद्दी

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!