आदित्य अजय /सप्तरी /भादौ ३० गते। चर्चित मोडल नवीन चौधरीको मंगलवार निधन भएको छ ।

३४ बर्षिय चौधरीको धरान स्थिति वि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा उपचारको क्रममा मंगलबार अपराह्न ११:४५ बजे निधन भएको हो ।
सवारि दुर्घटनामा परी बिगत एक बर्ष देखि धरान को वि.पि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान मा क्यानसरको उपचाररत रहेको चौधरी को निधन भएको उनका सुभेछुक डायरेक्टर आनन्द साह ले जानकारी दिए ।
मैथिली , थारु ,नेपाली र भोजपुरी फिल्ममा अभिनय र दर्जनौ म्युजिक भिडियो मा अभिनय गरि नाम कमाउन र आफुलाइ फिल्म इन्डस्ट्रीमा जमाउन सफल भएका चौधरी सप्तरी जिल्ला स्थित रुपनी गाउँपालिका वडा नं. २ लक्षणप्ट्टीका निवासी हुन।
उनका ४ बर्षिय छोरी र २ बर्षिय छोरी पनि छन ।
चौधरी ले मैथिली गित स्पिरिङग सेट छौ , नथिया टुटल सैया खटिया पर , आईटम एक नमरी , पिया पिया गे दारुपिया आदि जस्ता सुपरहिट गीतहरुमा गरेको अभिनयले गर्दा दर्शक माझ प्रस्तुत भइ खुब नाम कमाएका थिए ।
चौधरी को मृत्युको खबरले मैथिली क्षेत्र नै स्तबध भइ शोकमा डुबेको छ ।
उनका आफ्नै युटुब च्यानल पनि छन NSN Entertainment नामक उक्त युटुब चैनल अहिले डायरेक्टर आनन्द साहले चलाईरहेको शाहले बताए ।















Discussion about this post