आदित्य अजय/सप्तरी /भादौ २९ गते। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका -१ भन्सार चौक देखि रामपुर मल्हनिया जानेबाटोमा पर्ने दसगजामा अन्दाजी ४० बर्षिय पुरुषको श व फेला परेको छ ।

बुधबार बिहान ६:३५ बजे स्थानीयले शैचालय गर्न गएको क्रममा श व देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तत्काल नाम ठेगाना खुल्न नसकेको उक्त पुरुष को श व लाई पोस्ट मर्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको छ ।

पहाडी मुलको जस्तो देखिने पुरुष व्यक्ति घोप्टो मृतक अवस्थामा रहेको स्थानीयले खबर गरेपछि प्रहरीले घट्नास्थलमा पुगेर श व जाँच मुचुल्का गरेको र मृतकको हालसम्म सनाखत नभएकाले श वलाई पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजको शब गृहमा सुरक्षीत राखिएको प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

















Discussion about this post