भदौ २१ गते। कुर्था – बिजलपुरा रेल्वे ट्रकको विहीवार परीक्षण हुने भएको छ ।
कुर्था– बिजलपुरा रेल्वे ट्रयाकको निर्माणको मुख्य कार्यहरु सम्पन्न भइसकेकोले विहीवार सो ट्रयाकमा रेल चलाई त्यसको पहिलो परीक्षण हुने भएको छ ।
कुर्थादेखि विजलपुरा सम्मको १७ किलो मिटरको परीक्षण सम्पन्न सफल भएपछि केही भित्रै जयनगर कुर्था बिजलपुरा रेल सेवा विस्तार गरिने नेपाल रेल्वे कम्पनीका इन्जिनियर रविन्द्र साहले जानकारी दिए ।
सो ट्रयाकको मुख्य कामहरु सम्पन्न भइसकेको उल्लेख गर्दै इन्जिनियर साहले भने,‘ अव सामान्य कार्यहरु मात्रै बाँकी छ, त्यो पनि नियमित रुपमा गरिएको खण्डमा एक महिनाभित्रमा पनि गर्न सकिन्छ ।’ ट्रयाकको निर्माण कार्य भारतीय ठेकेदार कम्पनीले गर्दै आएको छ ।
गत महिना साउनमै उक्त काम सम्पन्न गरी नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गर्ने भारतीय ठेकेदार निर्माण कम्पनीले सहमति गरेको थियो । तर एक महिनाको म्याद थप गर्दा पनि उक्त कम्पनी पूर्ण रुपमा काम सम्पन्न गर्न सकेको छैन ।














Discussion about this post