भदौ १५ गते। बला त्कारको आरोपमा बैतडीको छुट्टा छुट्टै ठाउँका दुईजना प क्राउ परेका छन्।
प क्राउ पर्नेमा मेलौली नगरपालिका–५ का ३५ वर्षीय किशोर जोशी र सिगास गाउँपालिका–३ का २७ वर्षीय खगेन्द्र धामी रहेका छन्।
जोशी शिक्षक हुन्। उनले कक्षा १० मा अध्ययनरत किशोरीमाथि ट्युसन पढ्न आएका वेला बिहीबार बला त्कार गरेको आरोप लागेको छ।
यस्तै, सिगास गाउँपालिकाको एक स्वास्थ्य चौकीका इन्चार्ज रहेका धामीले गत असारमा स्थानीय महिलालाई करेसाबारीमा लगेर बला त्कार गरेको आरोप छ।
पीडित दुवै महिला आफन्तकै संरक्षणमा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए। प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।





















Discussion about this post