nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

तत्काल जान पाउँदैनन् बेलायतमा नर्स, कति हुन्छ सेवा सुविधा ?

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ८, २०७९, ९:४९ मध्यान्ह
तत्काल जान पाउँदैनन् बेलायतमा नर्स, कति हुन्छ सेवा सुविधा ?

भदौ ८ गते। नर्सिङ क्षेत्रका जनशक्तिलाई बेलायतमा रोजगारी दिनेबारे समझदारीपछि यो विषयमा चासो बढेको छ । कति जना र कहिलेसम्म जान पाउने, कस्ता व्यक्ति जान पाउने तथा आम्दानी कति हुने भन्नेलगायतका विषयमा चासो बढेको हो ।

बेलायत र नेपालीबीच सोमबार भएको द्विपक्षीय सम्झौताले धेरै कुरा बोलेको छैन । यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयका कतिपय कुराहरू छलफलकै क्रममा रहेको मन्त्रालयका सहप्रवक्ता थानेश्वर भुसालले बताए ।

निवर्तमान श्रममन्त्री किसान श्रेष्ठले १० हजार नेपाली नर्सहरू यूके पठाउन लागिएको बताएका थिए । तर, अहिले कुल नर्स कति पठाउने भन्ने संख्या एकिन भइनसकेको सहप्रवक्ता भुसालले बताए ।  ​जीटुजी (सरकार टु सरकार) मार्फत शून्य लागत (फ्रि कष्ट) मा नेपाली नर्सहरूलाई रोजगारीका लागि यूके पठाउन लागिएको हो । अन्य देशसँग भने सरकारी–सरकारबीच सम्झौता भएपनि पठाउन प्रक्रियामा निजी क्षेत्र संलग्न हुन्थे । तर, यूकेको हकमा भने सरकार–सरकारबीच सबै प्रक्रिया अगाडि बढेको उनको भनाइ छ । 

पहिलो चरणमा बढीमा २०० नर्स जान पाउने

पहिलो चरणमा २०० नर्सहरूलाई बेलायत लैजाने तयारी छ । दुई देशबीचको समझदारीमा नै पहिलो चरणमा बढीमा २०० नर्सलाई लैजाने उल्लेख छ । पहिलो चरणको सफलतापछि अर्को चरणमा थप नर्सहरूलाई बेलायत लगिनेछ । २० वर्ष पुरा गरेका ४५ वर्ष ननाघेका नर्सहरू बेलायत जान पाउनेछन् । नेपाल नर्सिङ काउन्सिलबाट लाइसेन्स लिएर दुई वर्षको कार्य अनुभव लिएका नर्सहरू बेलायत जान पाउनेछन् ।

बेलायतमा अहिलेसम्म फिलिपिन्स, भारत, श्रीलंका, नाइजेरिया र केन्याबाट नर्सहरू गइरहेका छन् । यहीबीच नेपालबाट पनि स्वास्थ्य क्षेत्रका जनशक्तिलाई आफ्नो देशमा लैजाने प्रस्ताव बेलायतले गरेको थियो । उक्त प्रस्ताव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पुगेको थियो ।

त्यही आधारमा गत जनवरीमा नेपालले बेलायतमा रोजगारीका विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको थियो । बेलायतबाट समेत कार्यदल गठन भएको थियो । दुवै पक्षका कार्यदलको बैठकमा प्रारम्भिक छलफल भएको थियो ।

फेब्रुअरीमा समझदारी पत्र (एमओयू) को ड्राफ्ट तयार पारिएको थियो । उक्त ड्राफ्टमा दुवै देशका सरोकारवाला निकायले अध्ययन गरेका थिए । फेब्रुअरीमै ड्राफ्टलाई फाइनल भएको थियो । अप्रिल–मे महिनामा दुवै पक्षले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डका विषयमा समेत गम्भीर छलफल गरेका थिए । गरिब देशबाट धनी देशमा कामदार पठाउँदा उठ्न सक्ने गम्भीर खालका प्रश्न तथा विषयमा दुवै पक्षका अधिकारीबीच छलफल भएको थियो ।

जुलाईमा दुवै पक्षबीच थप छलफल गरेर समझादारी पत्रलाई फाइनल गरेका थिए । र सोही आधारमा २२ अगष्टमा दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

कस्ता व्यक्ति जान पाउछन् ?

नेपाली नर्सहरू बेलायतमा हेल्थ केयर एसेस्टेन्ट (स्वास्थ्य सेवा सहायक) का रूपमा जान पाउनेछन् । २० वर्ष पुरा गरेर ४५ वर्ष ननाघेका नेपाली नर्सले बेलायतका कामदारको रूपमा जान पाउनेछन् । स्टाफ नर्स, बिएस्सी नर्सिङ, एमस्सी नर्सिङ गरेका व्यक्ति जान पाउनेछन् । नेपाल नागरिक साथमा राहदानी भएको हुनुपर्नेछ ।

२ वर्ष कार्यअनुभव गरेको, नेपाल नर्सिङ काउन्सिलबाट लाइसेन्स लिएको व्यक्ति हुनुपर्नेछ । कुनै अपराधिक रेकर्ड नभएको, बेलायत प्रवेशमा रोक लगाइएको व्यक्ति नहुनुपर्ने र कुनै शारीरिक तथा मानसिक समस्या नभएको व्यक्ति हुनुपर्नेछ ।

इन्टरनेशन इग्लिस ल्याङ्ग्येज टेस्टिङ सिस्टम (आईईएलटीएस) मा ७ अङ्क तथा अक्यूपेशनल इङ्लिस टेस्ट (ओईटी) मा ‘बी’ स्कोर ल्याउनुपर्नेछ ।​ आईईएलटीएसको रिर्टनमा ६.५ अंक अनिवार्य ल्याउनुपर्नेछ । ओईटीमा रिडिङ, राइटिङ र लिस्निङ हुनेछन्, जसमा राईटिङमा ‘सी प्लस’ ल्याउनुपर्नेछ ।

यसका लागि महिला मात्र नभएर आवश्यक योग्यता पुगेका जो सुकैले पनि आवेदन दिन पाउनेछन् । यी सबै प्रक्रिया पुरा भएका व्यक्तिले आवेदन दिन पाउनेछन् । यी सबै मापदण्ड पुरा गरेपछि मेडिकल चेकअप हुनेछ ।

कहिलेबाट जान पाउँछन् ?

दुई देशबीच भएको समझदारी पत्र अनुसार बेलायत जान पाउन अझै समय लाग्ने देखिएको छ । अब सेप्टेम्बर २०२२ देखि जनवरी २०२३ सम्ममा यसका लागि आवश्यक तयारी सुरू हुनेछ । नेपालको तर्फबाट वैदेशिक रोजगार विभागले आवश्यक प्रक्रिया अगाडि बढाउनेछ । अनलाइन मार्फत आवेदन आह्वान गरिनेछ । बेलायतको तर्फबाट डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर (डीएचएससी) ले आवश्यक मनिटरिङ गर्नेछ ।

आवेदन र छनोट प्रक्रिया आगामी जनवरी–जुलाई २०२३ सम्म हुनेछ । त्यो बीचमा विभागले आवेदन आह्वान गर्ने, आवेदन रूजु गर्ने लगायतका काम गर्नेछ भने त्यसको रिभ्यू डीएचएससीले गर्नेछ । ​अगष्टदेखि अक्टोबर २०२३ सम्म पोष्ट सेलेक्सनको प्रक्रिया हुनेछ । पोष्ट सेलेक्सनको प्रक्रिया सकिएपछि अन्तिम छनोट प्रक्रिया अगाडि बढाइनेछ । त्यसका लागि नोभेम्बर–डिसेम्बर २०२३ सम्मको समय तोकिएको छ ।

यसरी हेर्दा आगामी वर्षको डिसेम्बरभित्रमा नेपाली कामदार बेलायत जान सक्नेछन् । विभागले अनलाइन मार्फत आवेदन आह्वान गर्नेछ । त्यसमा डीएचएससीले रिभ्यू गर्नेछ । आवेदन रिभ्यू गरेपछि योग्य आवेदनको लिष्ट निकालिनेछ । भाषा र सीप परीक्षामार्फत अन्तिम नामावली निकालिनेछ । र नामावली निकाल्दा आवश्यकता भन्दा १५ प्रतिशत बढी नाम निकालिनेछ । 

कस्तो हुनेछ सेवा सुविधा ?

बेलायत जान पाउने नेपाली नर्सले बेलायती नागरिककै सरह सेवा सुविधा पाउनेछन् । गरिब देशबाट कामदार लैजाने विषयमा विश्व स्वास्थ्य संगठनले प्रश्न उठाउने गरेको छ । दुई देशबीचको समझदारीले त्यस्ता प्रश्नको पनि जवाफ दिएका छन् । कामदारमाथि हुने विभेद, सेवा सुविधा लगायतका विषयमा समेत विभेद नहुने गरी समझदारी गरिएको मन्त्रालयले जनाएको छ ।

सम्झौता अनुसार बेलायतमा काम गर्न जाने हेल्थ केयर असिस्टेन्टहरूको न्यूनतम मासिक तलब ‘पर ब्याण्ड ४’, लेभल २ अनुसार हुनेछ । यो भनेको वार्षिक २६ हजार २८२ पाउण्ड (३९ लाख ४७ हजार भन्दा बढी) हुनेछ । यसमा मासिक २ हजार १९० पाउण्ड न्यूनतम तलब हुनेछ ।

मासिक १८१.५ पाउण्ड बीमा, १५५.५० मासिक पेन्सन र १९७.४२ ट्याक्स काटिनेछ । यस हिसाबले एक कामदारले मासिक न्यूनतम १ हजार ६५६ पाउण्ड पाउनेछन् । नेपाली नर्सहरूले श्रम सम्झौता अनुसार बेलायतमा पाँच वर्ष काम गर्न पाउनेछन् । त्यसपछि उनीहरू नेपाल फर्कनुपर्नेछ । नर्सहरूले त्यहाँ गएर तीन महिनासम्म सहयोगीका रूपमा काम गर्नुपर्नेछ । त्यसपछि त्यहाँ उनीहरूलाई त्यहाँको लाइसेन्स दिइनेछ । 

नेपालबाट गएकाहरू ५ वर्षपछि नेपाल फर्किनुपर्नेछ । नेपालले तीन आधारमा नेपाली कामदार बेलायत पठाउन लागेको बताए । बेरोजगारी अन्त्य, देशलाई आर्थिक समृद्धि र सीपको विकासका लागि नेपाली कामदार विदेश पठाउने गरेको उनको भनाइ छ । ‘हामीले नेपाली जनशक्ति उतै पलायन हुन्छ भन्ने हामीले कल्पना गर्दैनौँ । यदि कोही बस्यो भने त्यो हाम्रो चासोको विषय हुन्न,’ सहप्रवक्ता भुसालले भने ।

Tags: देशको खबरस्वास्थ्य

Discussion about this post

Related Posts

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!