वीरगञ्ज/श्रावण २९ गते। बहिनीसँग प्रेम रहेको आशंकामा एक युवकको ह त्या गर्ने दाजु भाइ पर्सामा प क्राउ परेका छन् ।
बाराको विश्रामपुर गाउँपालिका वडा नं.५ का ३० वर्षीय प्रितम पटेल र उनका भाइ २८ वर्षका उत्तम पटेललाई पर्सा प्रहरीले प क्राउ गरेको हो ।
यी दाजु भाइ मिलेर घर छिमेकका २३ वर्षका राजकुमार ठाकुरको ह त्या गरेको प्रहरीले जनाएको छ । आफ्नी बहिनीसँग प्रेम सम्बन्ध रहेको आशङ्कामा ठाकुरलाई वीरगञ्ज महानगरपालिका १६ नगवामा लगेर यी दुईले ह त्या गरेका थिए ।
ह त्यापछि श व बोरामा हालेर मोटरसाइकलबाट भारतको रक्सौल रेल्वे स्टेशनमा पुर्याएका थिए । त्यहाँ रोकी राखेको मुजफ्फरपुर जाने रेलको शौचालय छेउको खाली ठाउँमा शव छाडेर दुबैजना फर्केको प्रहरीलाई बयान दिएका छन् । बयानका आधारमा प्रहरीले भारतको विहारस्थित,भागलपुरबाट शव खोजेर ल्याएको छ ।
२४ गते ट्युसन पढ्न हिंडेका राजकुमार हराएपछि परिवारले प्रहरीमा उजुरी दिएको थियो । पटेल दाजुभाइमाथि शंका लागेर सोधपुछ गर्दा घटनाको रहस्य खुलेको प्रहरीको दाबी छ ।




















Discussion about this post