मधेस प्रदेश/श्रावण २६ गते। जनक धेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले निकालेको कर्मचारी भर्ना विज्ञापन समावेशी नरहेको भन्दै दलित अधिकारकर्मीहरूले सच्याउन माग गरेका छन् ।
प्रतिष्ठानले केही साता अघि करारमा कर्मचारी भर्नाको विज्ञापनमा समूहगत आरक्षणको व्यवस्था नगरिएको र समावेशी समानुपातिक सिद्धान्त अनुसार नरहेकाले तत्काल सच्याउन माग गर्दै प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
पत्र बुझाउँदै जसपाका स्थानीय नेता रामो महराले मधेश प्रदेशमा समूहगत आरक्षणको अनिवार्य व्यवस्था रहेपनि प्रतिष्ठानले आरक्षण सम्बन्धिको व्यवस्थालाई बेवास्ता गर्नु दुःखद रहेको बताए । उनले कर्मचारी भर्ना सम्वन्धि को सूचनालाई रद्द गरी तीन दिन भित्रमा आरक्षणको व्यवस्था गर्न माग गरे ।
सो क्रममा समाजवादी दलित मुक्ति संगठन मधेश प्रदेश अध्यक्ष रामो महरा, संयुक्त दलित संघर्ष समिति मधेश प्रदेश चन्देश्वर दास, राष्ट्रिय मुसहर उत्थान समाज, केन्द्रीय अध्यक्ष चन्देश्वर सदा, पिछडावर्ग (ओबिसी) अभियान्ता बलिराम कापरी, विद्यार्थी नेता नवीन यादव, डोम समुदाय उत्थान नेपाल, धनुषा अध्यक्ष सरोज मल्लिक डोम, नेपाल सरसफाई कर्मचारी संघ अध्यक्ष इन्द्रजित मेस्तर, दलित महिला संघ, धनुषा सरस्वती मण्डललगायत टोलीले ध्यानाकर्षण पत्र बुझाएका थिए ।

Discussion about this post