काठमाडौँ/श्रावण २२ गते । आफूलाई बला त्कार गर्ने दोषीलाई कारबाही मागसहित सिंहदरबार अगाडि धर्ना बसेको निहारिका राजपुतलाई प्रहरीले प क्राउ गरेको छ।
छोरासहित धर्नामा बसेकी उनलाई प्रहरीले धरपकड गरेर प क्राउ गरेको हो।
आफूले न्याय नपाएको भन्दै सिंहदरबारको दक्षिण गेटमा अनसन बस्न पुगेकी उनलाई ‘निषेधितक्षेत्रमा विरोध प्रदर्शन गर्न नपाउने’ भन्दै प्रहरीले प क्राउ गरेको हो ।
यसअघि उनले न्याय माग गर्दै राजधानीकै वसन्तपुरमा लामो समय अनसन बसेकी थिइन् ।
सरकारसँग ५ बुँदे सहमतिपछि निहारिकाले अनशन तोडेकी थिइन् । तर त्यो सहमति पालना नभएपछि उनले फेरि सडकमा आउनु परेको बताएकी छन् ।
उनले आफूलाई १७ वर्षको उमेरदेखि नै धनुषाका एक व्यक्तिले नशालु पदार्थ खुवाएर बला त्कार गरेको बताउँदै आएकी छन्। ती व्यक्तिमाथि कारबाही हुनुपर्ने उनको माग छ । नेपालखबर





















Discussion about this post