nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषाको ढल्केवर नापी कार्यालय ६ वर्षदेखि कामविहीन

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २०, २०७९, ८:४९ मध्यान्ह
धनुषाको ढल्केवर नापी कार्यालय ६ वर्षदेखि कामविहीन

धनुषा/श्रावण २० गते। धनुषाको ढल्केबरमा एक यस्तो नापी कार्यालय छ, जहाँ कर्मचारी त छन् तर काम छैन । पूर्व–पश्चिम राजमार्ग छेउमै २० वटा कोठा भएको चिटिक्क परेको दुईतले भवन सरकारले भाडामा लिएर राखिएको नापी कार्यालयका अन्य कार्यालयझै प्रत्येकदिन समयमै कार्यालय खुल्छ । कर्मचारी पनि समयमै हाजिरीका लागि कार्यालय आइपुग्छन् तर उनीहरू कामबिना दिनभर कार्यालयमा बस्छन् ।

१० बजे नै कार्यालयमा उपस्थित भएका कर्मचारी हाजिरी रजिस्टरमा सही छाप गरेर दिनभर गफिएर समय बिताउँछन् । सरकारकै निर्णय कार्यान्वयनमा नआउँदा स्थापना कालदेखि नै सुनसान छ, यहाँको यो नापी कार्यालय । नापी कार्यालय जनकपुरधाम धनुषाले आवश्यक कागजात तथा सामग्री बरबुझारथ नगर्दा नापी कार्यालय ढल्केबरका १५ जना कर्मचारी लगभग ६ वर्षदेखि कामविहीन बनेका छन् ।

२०७२ असोज १४ मा मन्त्रिपरिषद्को बैठकले धनुषाको ढल्केबरमा नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार २०७३ माघमा ढल्केबरमा नापी कार्यालय स्थापना गरियो तर स्थापनाको पाँच वर्ष ६ महिना बितिसक्दा पनि कामकाज सुरु हुन सकेको छैन । नागरिकलाई सहज रूपमा सेवा दिने उद्देश्यले स्थापना भएको नापी कार्यालय सञ्चालनमा नआउँदा सरकारको वार्षिक लाखौँ रकमको सदुपयोग हुन नसकेको नापी कार्यालय ढल्केबरका प्रमुख अधिकृत राजेन्द्र साहले बताए । “कार्यालय सञ्चालनमा नआउँदा १५ कर्मचारी हाजिरी गरेर दिन बिताउन बाध्य छन्,” उनले भने ।

सेवा क्षेत्र तोकिएका ठाउँको अभिलेख तथा आवश्यक कागजात बरबुझारथ गर्न नापी कार्यालय धनुषालाई पटकपटक ताकेता गर्दा पनि सुनवाइ नभएको कार्यालय प्रमुख साहको भनाइ छ । “कागजातका लागि जनकपुर कार्यालयलाई हामीले पटकपटक ताकेता गयौँ,” नापी अधिकृत साहले भने, “तर त्यसको कुनै जवाफ आएको छैन । कुनै सुनवाइ भएको छैन । अभिलेख तथा आवश्यक कागजात दिन नापी कार्यालय धनुषाले आनाकानी गरिरहेको छ ।”

साबिकको २१ वटा गाविस अर्थात् हाल पाँचवटा पालिका क्षेत्रलाई सेवा दिने उद्देश्यका साथ यस कार्यालयको स्थापना भएको थियो । तर यस क्षेत्रका सेवाग्राहीले सेवा पाउन नसक्दा हालको मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका र बटेश्वर गाउँपालिका क्षेत्रका स्थानीय निराश छन् ।

कार्यालयमा नापी अधिकृतको नेतृत्वमा सर्वेक्षक पाँच जना, अमिन एक जना, सहलेखापाल एक जना, कम्प्युटर अपरेटर एक जना, कार्यालय सहयोगी पाँच जना, स्विपर एक जना गरी कुल १५ कर्मचारी कार्यरत छन् । सबै कर्मचारीको तलबमा प्रतिमहिना तीन लाख २५ हजार चार सय रुपियाँ खर्च हुने गरेको छ । यसरी वर्षमा कर्मचारीको तलबबाट मात्र ३९ लाख चार हजार आठ सय रुपियाँ खर्च भइरहेको देखिन्छ । कार्यालयको भाडाबापत मात्र प्रतिमहिना ३८ हजार पाँच सय रुपियाँ खर्च हुन्छ । घरभाडामा वर्षमा चार लाख ६२ हजार रुपियाँ खर्च भइरहेको छ ।

नापी कार्यालय जनकपुरको लापरबाहीका कारण सरकारी स्रोतसाधनको दुरुपयोग भइरहेको मिथिला उद्योग वाणिज्य सङ्घका अध्यक्ष तेजनारायण साह बताउँछन् । “सरकारले गरेको निर्णय कार्यान्वयनमा ल्याउन सरकारकै कर्मचारीले बखेडा गर्नु कुनै राम्रो होइन,” उनले भने । सरकारले गरेको निर्णय यथाशीघ्र कार्यान्वयनमा नल्याए आफूहरू कडा रूपमा प्रस्तुत हुने उनले बताए । “नागरिकलाई सहज रूपमा सेवा दिन स्थापना भएको कार्यालय सञ्चालनमा कुनै किसिमको बहानाबाजी चल्दैन। यथास्थितिमै सञ्चालनमा ल्याउनुपर्छ,” उनले भने ।

मिथिला नगरपालिका प्रमुख महेन्द्र महतोले नापी कार्यालयको कागजातको लागि कैयौँ पटक पहल गरे पनि मालपोतकै बहानामा नापीको अभिलेख तथा कागजात उपलब्ध गराउन जनकपुर कार्यालयले आनाकानी गरिरहेको बताए ।

“मैले ढल्केबर कार्यालयलाई अभिलेख उपलब्ध गराइदिन विभागका ‘डीजी’देखि सम्बन्धित मन्त्रालयका मन्त्रीसम्मलाई आग्रह गरेको छु। स्थापना गर्ने निर्णय सङ्घीय सरकारको हो, सरकारले निर्णय गरे मात्र कार्यालय फिर्ता जान्छ,” उनले भने । नापी र मालपोतका लागि पहल भइरहेको उनले बताए ।

नापी कार्यालय धनुषाका प्रमुख सुमन मिश्राले ढल्केबरमा मालपोत स्थापना नभएकै कारण नापी कार्यालयको कामकाज सुरु हुन नसकेको प्रतिक्रिया दिए । मालपोतबिना नापी कार्यालय सञ्चालनमा आए सेवाग्राहीका लागि झन्झटिलो हुने उनले सुनाए ।

“नापी कार्यालय मात्रै सञ्चालनमा आएर सेवाग्राहीले सहज रूपमा सेवा पाउँदैनन्, झन् समस्या बढ्छ,” प्रमुख मिश्राले थपे । ढल्केबर कार्यालयलाई कार्यक्षेत्र तोकिएको स्थानीय तहको समन्वयमा अभिलेख तथा कागजात लान सकिने उनले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा विजयकुमार साहले लेखेका छन् ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!