nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तकोसीको बाँध फुट्यो, ४ हजार घर परिवार उच्च जोखिममा

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १८, २०७९, ५:०६ मध्यान्ह
सप्तकोसीको बाँध फुट्यो, ४ हजार घर परिवार उच्च जोखिममा

चतरा । अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेको छ । बुधवार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको हो । नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका–२, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका–६ डुबानमा परेका छन् ।

नदीको बाँध फुटेर गाउँ पस्दा के कति क्षति भएको छ त्यसको यकिन तथ्यांक आउँन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले जानकारी दिए ।

सोमवार बेलका नगरपालिकाले बस्ती छाड्न माईकिङ गरेकाले मानवीय क्षति नहुने आशा गरिएको र आफू घटनास्थल जाँदै गरेको उनले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरेको प्रजिअ यादवले जानकारी दिए । सप्तकोसी नदी फुटेको स्थानमा प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादव, सुरक्षा निकायका प्रमुख स्थलगत अवलोकन गर्न लागेको बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बताए ।

‘कोसीको पुरै भंगालो पसेको छैन, बाढी ओभरफलो भएको होु’, उनले भने । सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत कोशी ब्यारेजका बाँकी ढोका खोल्न आग्रह गरिएको उनले बताए । नदी कटानले बहाब गाउँतिर सोझिँदा बेलका नगरपालिका ४ वडाका दर्जन बढी गाउँका बासिन्दा उच्च जोखिममा परेका छन् । नदीले गत वर्षदेखि पश्चिमपट्टी धार परिवर्तन गरी कटानलाई तीब्रता दिएपछि बेलका नगरपालिकाको २, ३, ८, ९ जोखिममा परेको हो ।

बेलका नगरपालिका– ८ लाहेर खोच डुम्रिबोटेस्थित नदिले कटान गरि गाउँ पसेको हो । नदी तटीय क्षेत्रका स्थानीयवासी वषौंदेखि यो समस्यासँग जुध्दै आएका छन् । कोसी सम्झौता अनुसार भारत सरकारले नदिको दुवैतर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या झन् बढेको स्थानीयवासी बताउँँछन् । नदी गाउँतिर सोझिएकोले ढुक्कले निदाउने अवस्था नभएको उनीहरुको गुनासो छ ।

सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्दछ । बर्खामा नदीले वर्षेनी धेरै जनधनको क्षति गरेको छ । बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रुपमा गर्दा सप्तकोशी किनाराका हजारौंँ बासिन्दा घरबारविहीन भएका छन् ।

सप्तकोसीले धार परिर्बतन गरी पश्चिमतर्फ कटान गरेपछि बेलका नगरपालिका– २, ३, ८ र ९ उच्च जोखिममा परेका हुन् । उदयपुरको बेलका नगरपालिका– ८ को लाहुरे खोचमा सप्तकोशी नदि फुटेपछि सोम’bout, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्ष ४ हजार घर परिवार उच्च जोखिममा परेका हुन् ।

सप्तकोसीले नयाँ मार्ग बनाए त्यहाँ बसोबास गर्ने ४ हजार घर परिवार विस्थापित हुनुका साथै ठूलो जनधनको क्षति हुने बराह क्षेत्र नगरपालिका– ६ का निवर्तमान वडा सदस्य श्यामबहादुर लिम्बुले बताए । सप्तकोशी कटानले गर्दा बराह क्षेत्र नगरपालिका– ६ चिलिया टप्पुमा रहेको बाल सेवा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, कौशिका आधारभूत विद्यालय बेलका नगरपालिका– ३ तर्फ सरस्वती आधारभूत विद्यालयसहित २ वटा स्वास्थ्य संस्था विस्थापित भई सकेको निवर्तमान वडा सदस्य लिम्बुले बताए । त्यहाँ रहेको एकता, सिर्जना, एवीसी, गिनेरी, रामनगर, बुधवारे, चिलिया टप्पु विस्थापित हुने तयारीमा रहेको उनले बताए ।

सुनसरीको भाण्टाबारी कोसी व्यारेजदेखि उत्तर बराह क्षेत्र सम्मका बांध मर्मत सम्भार गर्ने र कटान नियन्त्रण गर्ने मुख्य दायित्व भने भारत सरकारको रहेको छ । कोसी व्यारेज निर्माण गरेको बेला देखिको सो सम्झौता अनुसार भारत सरकारले बर्षेनी कटान रोक्ने प्रयास गरेपनि पूर्णरुपमा सफल हुन नसक्दा नेपाली भूभाग वर्षेनी कटान र डुबानमा पर्दै आएको हो ।

Tags: प्रदेश १ खबर

Discussion about this post

Related Posts

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!