जनकपुरधाम/श्रावण ९ गते। धनुषा र रौतहटमा डुबेर तीन जनाको मृ त्यु भएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका–९ क्वाटर टोलस्थित सार्वजनिक पोखरीमा डुबेर आइतबार दुई जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा सोही ठाउँ बस्ने शेरू रानामगरकी छोरी १३ वर्षीया कुसुम राना मगर र रस्मित मगरकी छोरी १२ वर्षीया स्वीकृती मगर रहेका छन् ।
पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृ त्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै रौतहटको वृन्दावन नगरपालिका–६ बस्ने शेख मनिरको छोरा ८ वर्षीय शेख जबि उल्लाको आफ्नै घर नजिक नहरमा डुबेर आइतबार मृ त्यु भएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।




















Discussion about this post