श्रावण ९ गते। एक युवतीलाई निजी तस्बिरहरु सामाजिक सञ्जाल फेसबुकमा राखिदिने भन्दै ब्ल्याकमेल गरी जब रजस्ती क रणी उद्योग गरेको अभियोगमा २ जनालाई प्रहरीले प क्राउ गरेको छ ।
प क्राउ पर्नेहरूमा गैडहवा गाउँपालिका–९ घर भएका २१ वर्षीय जगन्नाथ मल्लाह र गैडहवा गाउँपालिका–१ का १७ वर्षीया किशोर रहेका छन् ।
इलाका प्रहरी कार्यालय सालझण्डीबाट गस्तीमा खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिकास्थित एकान्त ठाउँमा एक युवतीलाई रोई आत्तिएको अवस्थामा शनिबार राति फेला पारेको थियो ।
ती युवतीलाई सोधपुछ गर्दा ती किशोरले युवतीको विभिन्न फोटाहरू फेसबुकमा राखी भाइरल गरिदिन्छु भन्दै ब्ल्याक मेल गरी शनिबार साँझ भेट्न बोलाएका थिए । उनीहरुले युवतीमाथि यौ न सम्पर्क गर्न दिन दबाब दिएको प्रहरीको भनाई छ ।
किशोरहरूले युवतीलाई यौ न सम्पर्क गर्न देऊ अनिमात्र बल्ल तिम्रो फोटाहरू फालिदिन्छौ भनी त्रासमा पारेर जब र्जस्ती कर णीको प्रयास गर्दा युवती भागेर आएको भन्ने खुलेको थियो ।
सो घटनामा संलग्न उनीहरुलाई प्रहरीले आइतबार सैनामैना नगरपालिका–७ देउवापारबाट प क्राउ गरेको हो । उनीहरूको साथबाट युवतीको निजी तस्बिर भएको १ थान मोबाइल बरामद भएको छ । उनीहरू उपर कर णीसम्बन्धी कसुर ( जब रजस्ती कर णी उद्योग) मा म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post