nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : अझै बनेन गागन खोला र कमला नदीको पुल

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ३, २०७९, ९:३७ मध्यान्ह
हुलाकी सडकअन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीको भासिएको पुल अझै पुनःनिर्माण गरिएन

राजु विश्वकर्मा/जनकपुरधाम/श्रावण ३ गते । तराई–मधेशको ‘लाइफलाइन’कै रुपमा रहेको हुलाकी सडक अन्तर्गत निर्माणाधीन महत्वपूर्ण दुई वटा पुल लामो समयदेखि अलपत्र पर्दा सर्वसाधारण सास्ती बेहोर्न बाध्य भएका छन् ।

निर्माण व्यवसायी कम्पनिका कारण सिरहाको औरही गाउँपालिका–१ स्थित गागन खोला पुल र निर्माण नसकिँदै भाँसिएको कमला नदीको पुल निर्माण नहुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

गागन खोलामा निर्माणाधीन पुल निर्माण व्यवसायीका कारण अलपत्र पर्दा वर्षायाममा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेको स्थानीयवासी मुकेश यादवले बताए ।

हुलाकी सडक अन्तर्गत पूर्व बरियारपट्टीदेखि पश्चिम सदरमुकाम सिरहासम्मको सडकमा कालोपत्र सकिए पनि गागन खोलामा पुल निर्माण हुन नसक्दा सिरहाको एक दर्जनभन्दा बढी गाउँका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पुल निर्माण कार्य सुरु भएको झण्डै दुई वर्ष बित्न लाग्दासमेत १० प्रतिशत पनि काम हुन नसकेको स्थानीयवासीको गुनासो छ ।

पुल नहुँदा काम विशेषले सदरमुकाम सिरहा बजार आवतजावत गर्ने सो क्षेत्रका स्थानीयवासी एकातिर खोलामा पुल नहँुदा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने अर्कोतिर खोला गहिरो भएको र डाईभर्सनसमेत बगाइएकोले बाढीका बेला सवारीसाधन नै भासिने जोखिम बढ्ेको छ ।

उनले भन्ने,‘‘पुल नहँुदा कतिपयले जोखिम उठाएरै खोला तरेर सदरमुकाम पुग्छन् भने कतिपयले घुमाउरो बाटोको प्रयोग गरी दिनभरि समय खर्चिएर सदरमुकाम पुग्ने गर्छन् ।

”करिब २० वर्षअघि सडक डिभिजन कार्यालयले सो खोलामा पुल निर्माण गरेको थियो तर पुल निर्माण सम्पन्न भएको १० वर्षपछि आएको ठूलो बाढीले पुलदेखि ३५० मिटर उत्तरको पूर्वी बाँध भत्काएर खोलाले साविकको पुलदेखि २०० मिटर पूर्वबाट धार बनाएर बग्न थालेपछि सो क्षेत्रका स्थानीयवासीको आवागमन कष्टकर बनेको छ ।

“पहिलेको खोलामा पानी बग्न छोडेको छ त्यहाँको सुख्खा नदीमा पुल छ तर धार परिवर्तन गरी बगिरहेको खोलामा बाह्रैमहिना पानी बग्ने गरेको छ”, सिरहाको बरियारपट्टी गाउँपालिका–३ का महेश यादवले भन्ने, ‘‘ सुख्खायाम त केही सहज हुन्छ, तर बाढीको समयमा दुई महिनासम्म त झन त्यहाँका स्थानीयवासीलाई आवतजावत गर्न गा–हो हुन्छ ।” हुलाकी राजमार्गको औरही खण्डमा गागन खोलाले बनाएको ती दुई वटै खोला निकै महत्वपूर्ण रहेको स्थानीयवासीको अनुभव छ ।

सो खोलामा हीराचन रोशन कन्ट्रक्सन प्रालीमार्फत रोशन कन्ट्रक्सनले पुल निर्माणको काम गर्दै आएको छ । तीन वर्षभित्र सकिने गरी २०७६ सालमा सम्झौता भएको सो पुल निर्माणको काम कछुवा गतिमा बढ्दा स्थानीयवासी निराश बनेका छन् ।

“पुल निर्माणका लागि अहिलेसम्म पिलर मात्र ठ्याइएको छ”, औरही गाउँपालिका १ शिवनाथ यादवले भन्नुभयो,‘‘कामको गति हेर्दा निर्धारित समयमा काम सम्पन्न हुने छाँटकाँट देखिदैन् ।” पुल निर्माणलाई गति दिन आग्रह गर्दा पनि कुनै सुनुवाइ हुन नसकेको उनको गुनासो छ ।

सम्झौता अनुसार नै काम अघि बढाएको निर्माण कम्पनी रोशन कन्ट्रक्सनका साइट इञ्चार्ज दानालाल यादवले बताए । “सम्झौता भएर २०७७ पुस महिनादेखि पुल निर्माणको काम थालेका छौँ”, इञ्चार्ज यादवले भन्नुभयो,“ वर्षा सुरु भएपछि काम रोकिएको हो, वर्षा रोकिएपछि कात्तिक महिनापछि काम पुनः सुरु गर्ने छौँ ।” खोलामा कुनै बेला पनि ठूलो बाढी आउन सक्ने भएकाले पुलको काम अघि बढाउन नसकिएको उनको कथन छ ।

यस्तै निर्माण नसकिँदै भाँसिएको कमला नदीको पुल एक वर्षमा पनि पुनःनिर्माण नहुँदा सर्वसाधारण सास्ती बेहोर्न बाध्य भएका छन् । धनुषा र सिरहालाई जोड्ने कमला नदीको पुल निर्माण कार्य सम्पन्न नहुँदै गत २०७८ असार ३१ आएको बाढीले भाँसिएको थियो ।

भासिएको पुल पुनःनिर्माण नहँुदा निकै सास्ती भइरहेको भन्दै स्थानीयवासीले तत्काल पुनःनिर्माणको माग गरेका छन् । ‘‘निर्माण कम्पनीको लापरबाहीका कारण भासिएको पुल पुनःनिर्माण काम अझै सुरु हुन सकेको छैन्” धनुषा कमला नगरपालिका–५ का सत्रुधन साहले भन्ने, ‘‘पुलको पुनःनिर्माण काम हुन नसक्दा चारपाङग्रे गाडी सो मार्गमा चल्नै सकेको छैन्, दुई पाङग्रे सवारी पनि जोखिमपूर्र्णरुपमा चलिरहेको छ ।

”सुख्खायाममा जेनतेन दुई पाङग्रे सवारी चल्ने गरेपनि हल्का वर्षामा पनि पैदलयात्रुलाई समेत हिँड्डुल गर्न समस्या भइरहेको उनको भनाइ छ ।

बाढीका कारण पहिला पूर्वतर्फको ‘स्पर’ भासिएको थियो । त्यसको केही दिनपछि पश्चिमतर्फको स्पर पनि भासिएको थियो । ‘‘भासिएकामध्ये पूर्वतर्फको स्पर भत्काएर त्यतिकै छाडिएको छ”, सिरहा नगरपालिका–११ का कमलेश यादवले भन्ने,‘‘जसका कारण मोटरसाईकल डुङ्गाको सहारामा वारपार भइरहेको छ ।”

कूल ४७० मिटर लामो पुल निर्माणका लागि २०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का लिएको थियो । सुरूमा सो कम्पनिले मात्र काम गरेको थियो । करिब ३५ प्रतिशत काम सकेर बाहिरिएपछि लुम्बिनी बिल्डर्सले बाँकी काम गरेको हो ।

पुल ४२ महिनामा निर्माण हुनुपर्नेमा झण्डै १० वर्षपछि मात्रै निर्माण पूरा भएको थियो । तर हस्तान्तरण नहुँदै भासिएपछि सो क्षेत्रका स्थानीयवासी निराश बनेका छन् । कमला नदीमा पुल निर्माण भएपछि खुसी भएका सो क्षेत्रका सर्वसाधारण पुल भासिएपछि भन्ने निराश बनेका छन् ।

‘‘वर्षौदेखि कष्टपूर्ण यात्रा गर्दै आएका थियौँ”, कमला नगरपालिका–५ दुर्गानन्द यादवले भन्नुभयो,‘‘ तर निर्माण सम्पन्न भएर हस्तान्तरण नहुँदै पुल भासिएपछि यतिबेला हाम्रो सपना चुँडिएको छ ।”

अब कहिले पुल बन्ला र सहज रुपमा यात्रा गर्ने हो भन्ने निश्चित नभएको उनको गुनासो छ । निर्माण कार्य सम्पन्न गरी हस्तान्तरणको तयारी भइरहेका बेला कमला खोलामा आएको बाढीले पुल भासिएपछि गुणस्तर र डिजाइनबारे छानबिन गर्न माग समेत उठ्दै आएको छ ।

डिजाइन गल्ती भएको र डिजाइन अनुसार काम नभएको भन्दै विभिन्न राजनीतिकर्मी, सङ्घ संस्था र प्रदेश सरकारले छानविनको माग गरेका हुन् । रासस

Tags: सिरहा खबरहुलाकी राजमार्ग

Discussion about this post

Related Posts

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

कंगोमा इबोलवाट तीन महिना मै ९९९ को मृत्यु, शव दहनमा स्थानिय अबरोध

कंगोमा इबोलावाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ५ दिनमा ४० प्रतिशतले बृद्दी

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!