nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पानी नपरेपछि महोत्तरीमा धान रोपाइँ अलपत्र

सजिलो पोस्ट सजिलो पोस्ट
२०७९ असार ३२, शनिबार १२:२४
पानी नपरेपछि महोत्तरीमा धान रोपाइँ अलपत्र

महोत्तरी/असार ३२ गते। मध्य असारयता  छिटो पानी नपरेपछि  मधेसको मध्य भेगको महोत्तरीमा धान रोपाइँ अलपत्र परेको छ । महोत्तरी बाहेकका मधेसका अन्य जिल्लामा पनि सिञ्चित बाहेकका आकाशे पानीको भरका खेतमा पानी नभएर नै रोपाइँ रोकिएको छ ।

असार मध्य यता पानी परेको छैन । त्यसअघि  परेको पानीमा धान रोप्न भनेर  हिल्याइएका खेत अहिले सुकेका  छन्  । ब्याड पनि लगातार पानी नपाउँदा पहेँलिन थालेको महोत्तरीका किसानले बताएका छन् । असार सिद्धिन लाग्दासम्म धान रोपाइँले गति लिन नसकेपछि किसान यसपालि अन्नको  सङ्कट पर्ने चिन्ताले पिरोलिएका छन् । मुख्य बाली धान नै रोप्न नसकिएपछि परिवार कसरी पालन गर्ने भन्ने चिन्ताले  यहाँका किसानलाई पिरोलेको छ ।

“आज  असार त सकिने हो, पानी नभएर धान रोप्न पाइएन, के  गरी गुजारा गर्ने होला ?” भङ्गाहा नगरपालिका–४ पलारका ८० वर्षीय किसान चौठी बाँतरले बिरक्तिँदै भने ।

मध्य असार अघिको वर्षाको पानीले एक झमट रोपाइँमा लागेका किसान त्यसयता खेतमा पानी सुकेपछि चिन्तामा परेका हुन् । असार सकिनै लाग्दा धान रोपाइँ जिल्लामा एक तिहाई नाघेको छैन । “उता खेत सुक्दो छ, यता घरमा ज्वरो, रुघा खोकीले परिवारका मान्छे बिरामी भएर लड्दाछन्”, भङ्गाहा नगरपालिका–५ कर्पुरगञ्जका किसान रामजुलुम सर्दार भन्छन्, “यो बढ्दो तापले सबै भताभुङ्ग पार्यो, न समयमा खेती सक्न पाइयो, न सञ्चोसँग बस्न ।” 

जिल्लामा अहिलेसम्म ३३ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरले नै जनाएको छ । रोपोको पनि सुकेको छ । रोपाइँ गर्ने भनेर हिल्याइएको खेत चर्को घामले सुकेर खिस्रिक्क परेको छ । रोपेको खेतमा धाँजो फाट्दै छ । 

जिल्लामा कूल ७० हजार खेतीयोग्य जग्गामध्ये लगभग ५० हजार हेक्टर धान खेतीका लागि योग्य मानिन्छ । जिल्लाका १० प्रतिशत जग्गामा स्थायी सिँचाइको प्रबन्ध छ । बिहानैदेखि चर्कने घामको प्रचण्ड राप र सँगसँगैको तातो हावाले कृषि मजदुर काममा निस्कन छाडेका छन् ।-रासस

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

गर्मीको मौसममा माटोको भाँडोमा जमाएको दही खानुका फाइदा

गर्मीको मौसममा माटोको भाँडोमा जमाएको दही खानुका फाइदा

हज यात्राका लागि निवेदन खुला,नेपाललाई १२०० कोटा

धनुषाका ३३ जना र मोहत्तरीबाट ४१ जना सहित नेपालबाट झण्डै ११ सयका हजका लागि साउदी जाँदै (हेर्नुहोस कुन जिल्लाबाट कति जना)

जनकपुरधामबाट चो री भएको ट्याक्टर प्रहरीले फेला पारेर धनीलाई लगायो जिम्मा

जनकपुरधामबाट चो री भएको ट्याक्टर प्रहरीले फेला पारेर धनीलाई लगायो जिम्मा

सिरहाको लहानमा ह त्या र अपराधीक घटना दिनानुदिन बढदै प्रहरीको सुरक्षा फितलो

सिरहाको लहानमा ह त्या र अपराधीक घटना दिनानुदिन बढदै प्रहरीको सुरक्षा फितलो

वास्तु शास्त्र अनुसार बाल बालिका कक्ष कस्तो हुनुपर्छ?

वास्तु शास्त्र अनुसार बाल बालिका कक्ष कस्तो हुनुपर्छ?

सपनामा यौन सम्पर्क गरेको देखे हुनसक्छ यस्तो खतरा

आज २०८० जेठ २१ गते आइतबार , हेर्नुहोस् आजको राशिफल

मधेश प्रदेश : श्रीमानले बिदेशमा पसिना बगाएर कमाएको ८० लाख लिएर श्रीमती अर्कै केटासँग फ रार

मधेश प्रदेश : श्रीमानले बिदेशमा पसिना बगाएर कमाएको ८० लाख लिएर श्रीमती अर्कै केटासँग फ रार

लहानको कवाडी गोदाममा आगलागी, करिव २५ लाख बराबरको क्षति

विद्यालयका लेखापाल शौचालयमा जलिर हेको अवस्थामा भेटिए, अवस्था गम्भीर 

फ्रि फायर गेम’ मार्फत चिनजान गरी १३ वर्षीय बालिकालाई बला त्कार गर्ने पुरुष प क्राउ

६० वर्षीया वृद्धले ७० वर्षीया वृद्धा गरे बला त्कार

धनुषा: जनकपुरधामबाट ट्याक्टर चो री

धनुषा: जनकपुरधामबाट ट्याक्टर चो री

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह

सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि