धनुषा/असार ३१ गते। नापी कार्यालय धनुषा द्वारा औरही नगरपालिका वडा नं २ साविकको गाविस देउरी परवाहामा जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको छ ।

नापी कार्यालय धनुषाको प्रमुख सुमन किशोर मिश्रको अध्यक्षता तथा वडा अध्यक्ष किसुन यादबको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सो गाविसमा ५९० घरधुरीमा लालपुर्जा वितरण गरिएको छ।

रुद्राक्षको विरुवा रोपन गरि शुभारम्भ गरिएको कार्यक्रममा प्रत्येक जग्गाधनीलाई पुर्जाका साथै १/१ थान महोगनिको बिरुवा पनि वितरण गरिएको छ ।
कार्यालयका अमिन रामदुलार साहले सञ्चालन गरेको उक्त कार्यक्रममा विशिस्ट अतिथिका रुपमा उच्च मावि परवाहा देउरीका प्रअ शशी कुमार सिंह, नापी अधिकृत विन्देश्वर यादव, नापी अधिकृत दिलिप साह लगायत अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो । जग्गाधनी प्रमाण पुर्जा पाएपछि स्थानीयवासी खुशी भएका छन ।





















Discussion about this post