nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लघुवित्तको अमानवीय र धम्किपूर्ण व्यवहारले उद्यमी महिलाहरु विचल्लीमा

सजिलो पोस्ट सजिलो पोस्ट
असार २६, २०७९, ८:२१ मध्यान्ह
लघुवित्तको अमानवीय र धम्किपूर्ण व्यवहारले उद्यमी महिलाहरु विचल्लीमा

असार २६ गते। बाँकेका उद्यमी महिलाहरू विभिन्न लघुवित्त संस्था संग लिएको ऋण समयमा चुक्ता गर्न नसक्दा विचल्लीमा परेका छन्। 

उद्योग व्यवसाय गर्न भनेर लघुवित्तबाट लिएको ऋण तिर्न नसक्दा उनीहरू अन्य विभिन्न वित्तीय संस्थाहरूमा कर्जा सापटी माग्नका लागि धाउन बाध्य भएका हुन्। एउटा लघुवित्त संस्थाबाट निकालेर अर्कोमा किस्ता तिर्ने काम एक पछि अर्कौ गर्दै जाँदा कर्जा र यसको व्याजको भारीले थिचिएर उठनै नसक्ने अवस्थामा पुगेर आर्थिक संकटमा फस्दै गएका छन्।

ऋण तिर्न केही थप समय माग गर्दा पनि लघुवित्तहरूले समय नदिने र घरमै गएर मानसिक तनाव हुने गरी तर्साउने , धम्क्याउने गरेको उनीहरूको आरोप छ। एउटा अध्ययन तयार पारेको तथ्याँक अनुसार नेपालमा करिब २२ लाख मानिसहरूले लघुवित्त संस्थाबाट कर्जा लिएका छन्। २२ लाख मध्ये झण्डै ७५ प्रतिशत मानिसहरूले कर्जा समयमा तिर्न सकेका छैनन्। 

सर्वसाधारणलाई आर्थिक कारोवारमा सहज वातावरण मिलाउने किसिमले खोलिएको लघुवित्तहरूबाट नै सर्वसाधारण नेपाली नागरिक अहिले दुःख र पिडा पाइरहेको लघुवित्तमा आवद्ध महिलाहरूको व्यापक गुनासो छ। सुलभ तरिकाले सस्तो दरमा ऋण प्रवाह गर्ने उद्देश्यका साथ वितरण गरिएको ऋणले विपन्न नागरिकलाई गाउँ ठाँउमा खोलिएको लघुवित्त संस्थाहरुले पछि आएर महंगो ब्याज तिर्न बाध्य बनाएको खजुरा गाउँपालिकाका मिना बुढा क्षेत्रीको गुनासो रहेको छ। 

घर दैलोमा नै आएर सस्तो व्याजमा ऋण दिने प्रलोभनमा पारी लघुवित्तले धान्नै नसकिने गरि ऋणीसंग व्याज लिने गरेको उनको भनाइ छ। पहिला लघुवित्तहरूले सस्तो व्याजमा ऋण दिने प्रलोभनमा पार्ने गरेको र ऋण निकालेर तिर्दा अलि समय लागे वा आकस्मिक समस्या आईपरे पनि समस्या नबुझदिने गुनासो गरिन्। 

ऋण लिएर हदैसम्मको ज्यादतिका कारण बस्नसमेत गाह्रो भएको नेपालगञ्ज उपमहानगरपालिका वडा नं। ४ मा बसोवास गर्ने मनिषा तामाङले बताइन्। केही समय ढिलो भयो भने ऋण असुली गर्ने टोली आएर घरजग्गा नै हडप्न खोज्ने मात्र होइन किड्नी बेच, बीमा छ मरे हुन्छ, किन बाँच्नेरु जस्ता अत्यन्तै मन बिझ्ने बचन र अव्यवहारिक लाञ्छना लगाइ भनेर विभिन्न प्रकारको डर , त्रास र धम्की दिने गरेको उनले बताइन्। 

घरमा भएको सामान बेचेर हुन्छ कि घर बेचेर हुन्छ तिर्नुपर्छ अरु केही विकल्प छैन भन्दै दैनिक फोनमा घरमै आएर धम्काउने गरेकोले वित्तिय संस्था खारेज गर्नुपर्ने उनको माग छ। बिरामी हुँदासमेत समस्या नबुझ्ने गरेकोले मनमा अनेक कुराहरू खेल्ने गरेको तामाङले बताइन्। 

पीडित धना सुनारले लघुवित्तले गर्दा घरपरिवारको सम्बन्ध नै बिग्रिएको बताइन्। लघुवित्तको दबाबले दिनरात सताउने गरेको उनले गुनासो पोखिन्। ‘घरमा ऋण माग्न आउनेबित्तिकै भैंसी लैजान्छौं, कहिले घरमा ताल्चा लगाउने जस्तो धम्की दिइरहेका छन्’, उनले भनिन्। उनले ऋण लिएपछि तिर्नु आफ्नो कर्तव्य भए पनि लघुवित्तहरूले दिनदिनै अमानवीय दबाब दिँदा समस्या उत्पन्न भएको बताइन्। 

त्यस्तै अर्का पीडित महिला उद्यमी सीता शाहीको समस्या पनि अरुको भन्दा फरक छैन। घर खर्च चलाउन र व्यवसाय गर्नका लागि लिएर श्रीमानलाई वैदेशिक रोजगारका लागि पठाए पनि कतैबाट राम्रो आम्दानी गरि ऋण तिर्न केही ढीलाई भएपछि लघुवित्तले आएर दिनहुँ जसो तनाव दिन थालेको उनले बताइन्। साथै कोरोना भाइरसको कारणले भएको लकडाउनले पनि सवै कारोवार प्राय ठप्प भएपछि झनै ऋणमा फसेको उनको भनाइ छ। 

‘बचौं, बचाऔं र अघि बढौं’ भन्ने मूल नाराका साथ लघुवित्तीय संस्थाहरूको विरुद्ध देशव्यापी रुपमा संघर्ष गरिने समितिका उपाध्यक्ष फत्तेबहादुर पुन मगरले बताए। नेपालमा करिब ५८ लाख नागरिक ऋण प्रवाह गरेका र २२ लाख ऋण तिर्न नसक्ने अवस्थामा रहेको लघुवित्तीय संस्थाहरूको विरुद्ध संघर्ष समितिका उपाध्यक्ष मगरले बताए। लघुवित्तका ऋणले गर्दा घरवारविहीन बनाएको र लघुवित्तिय संस्थाबाट धेरै पीडा सहनु परिरहेको मगरले बताए। 

लघुवित्तीय संस्था बिरुद्ध लघुवित्त पीडित महिलाहरूले सरकारसँग लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाह गर्न, आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमताका आधारित काम र दामको व्यवस्था गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्न उनिहरूले सरकारसँग माग राखेका छन्।

 
साभार स्रोत-सञ्चार सन्देश अनलाईन बाट

Tags: बैंक तथा बित्तलघुवित्त

Discussion about this post

Related Posts

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

मस्कले दैनिक १० लाख डलर खर्च गरे भने पनि सम्पति सकिन लाग्छ २७ हजार बर्ष

मस्कले दैनिक १० लाख डलर खर्च गरे भने पनि सम्पति सकिन लाग्छ २७ हजार बर्ष

विश्व चर्चित सेफ सन्तोष साह महोत्तरीवाट पक्राउ

विश्व चर्चित सेफ सन्तोष साह महोत्तरीवाट पक्राउ

सडकमै धान रोप्न बाध्य जनताः असफल राजनीति र झुटा आश्वासनको लाजमर्दो तस्वीर !

सडकमै धान रोप्न बाध्य जनताः असफल राजनीति र झुटा आश्वासनको लाजमर्दो तस्वीर !

बोस्नियासँग बराबर खेल्दै पहिलो पटक क्यानडाले जोडयो अंक

बोस्नियासँग बराबर खेल्दै पहिलो पटक क्यानडाले जोडयो अंक

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!