असार २४ गते। सरकारले आइतवार अर्थात असार २६ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आगामी असार २६ गते आइतवार देशभर सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको जानकारी दिएका छन्।
‘२०७८ फागुन २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा) का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको छ’, गृहले भनेको छ, ‘उक्त पर्व असार २६ गते आइतवार पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भएकाले सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको छ।’
हेर्नुहोस सूचना सहित















Discussion about this post