असार १५ गते। एक २८ वर्षीया महिला माथि बला त्कार गरेको आरोपमा वडाध्यक्ष सहित दुई जना प क्राउ परेका छन् ।
प क्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् । गत चैत १५ गते बला त्कार गरेको आरोपमा उनीहरुलाई प क्राउ गरिएको हो ।
पीडितको उजुरीका आधारमा उनीहरुलाई प क्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । उजुरी दिएकै दिन पीडित महिलाको स्वास्थ्यपरीक्षण जिल्ला अस्पतालमा गरिएको छ ।
आरोपित दुवैजनालाई हिरासतमा राखी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित महिला परिवारकै संरक्षणमा रहेकी छन् ।
Discussion about this post