वीरगञ्ज/जेठ ३१ गते । सालोको ह त्या आरोपमा दिदी–भिनाजु सहित पाँच जनालाई प्रहरीले सोमबार प क्राउ गरेको छ ।
दिदीको घरमा बसेका पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसियाडी बैरियाटोलका ४० वर्षीय राजेश रामको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई प क्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार दिदी–भिनाजुको घरमा गएका रामले सोही घरकी महिलासँग अनैतिक क्रियाकलाप गरेको भेटेपछि भिनाजुले आफ्नै सालोको ह त्या गरेका अनुसन्धानमा खुलेको छ ।
प क्राउ पर्नेमा मृतक राजेशका भिनाजु जगरनाथपुर गाँऊपालिका वडा नम्बर ६ का ४५ वर्षीय हिरामन महरा, उनका भाई ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवी, ३५ वर्षीया सुनिता देवी र २२ वर्षीया रिंकु देवी रहेका छन् ।
जेठ २४ गते जगरनाथपुर ६ स्थित दिदी भिनाजुको घरमा आएर बसेका मृ तक राजेश रामलाई घाँटी रेटेर ह त्या गरी जगरनाथपुर गाउपालिका वडा नम्बर ६ स्थित नारा खोलामा फालिएको अवस्थामा गत शनिबार भेटिएको थियो ।















Discussion about this post