अजय कुमार झा/जनकपुरधाम । मधेस प्रदेश सरकारले जेठ २१ गते प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।
प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरत साहका अनुसार प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, सिँचाई, स्वास्थ्य, पूर्वाधारको विकासमा जोड दिने भएको छ ।
प्रदेश सरकारको बहुचर्चित छोरी शिक्षा बिमा कार्यक्रमलाई पनि प्रदेशको नीति तथा कार्यक्रममा ल्याउन लागेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ । त्यसो त अहिले छोरी शिक्षा बिमा कार्यक्रम रोकिएको अवस्था छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफल सम्पन्न भएपछि प्रदेश सरकारले असार १ गते प्रदेश सरकारको बजेट प्रदेश सभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले सोही अनुसारको तयारीमा सरकार लागि परेको छ । बजेट प्रस्तुत गर्नु दुई दिन अगाडी प्री बजेट पनि ल्याउने तयारीमा प्रदेश सरकारको अर्थ मन्त्रालय लागि परेको छ ।




















Discussion about this post