जेठ १६ गते । धनुषामा एक किशोरीमाथि सामुहिक बला त्कार भएको घटना सार्वजानिक भएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाकी एक १८ बर्षीया किशोरीमाथि सामुहिक बला त्कार भएको प्रहरी स्रोतले जनाएको छ ।
पीडित पक्षले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले आईतबार एकजनालाई प क्राउ गरेको छ । प क्राउ पर्नेको नाम प्रहरीले सार्वजानिक गरेका छैनन् ।
घटनामा संलग्न भनिएका अझै चारजना फरार रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । गत चैत १ गते उनीहरुले ती किशोरीलाई घरबाट मिथिला नगरपालिका–५ मा ल्याई जवर जस्ती क रणी गरेका थिए ।
पीडित पक्षले जव रजस्ती क रणीको आरोपमा उनीहरुमाथि ईलाका प्रहरी कार्यालय ढल्केवरमा किटानी जाहेरी दिएका थिए । प्रहरीले त्यो मुद्दा जेठ ३ गते दर्ता गरेको थियो । प्रहरी स्रोतका अनुसार धनुषा जिल्ला अदालतले आरोपितहरु विरुद्ध प क्राउ पुर्जी नै जारी गरेका थिए ।
आरोपितहरुमध्ये एकजना आईतवार प क्राउ परेका छन् । प्रहरीका अनुसार घटनामा संलग्न भनिएका अन्य चारजना संलग्न रहेको पीडित पक्षको दावी छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प क्राउ परेकालाई धनुषा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
साभार स्रोत-द पब्लिक टुडे बाट





















Discussion about this post