काठमाडौं/जेष्ठ १५ गते । अबदेखि सरकारले किसानलाई पेन्सन दिने योजना अघि सारेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा किसानसँग सरकार कार्यक्रम अन्तर्गत किसानलाई पेन्सन दिन लागिएको हो ।
किसान परिचयपत्रका आधारमा सार्वजनिक सेवामा छुट दिइने समेत बजेटमा उल्लेख गरिएको छ ।
Discussion about this post