अरुण कुमार यादव/राजविराज/बैशाख २२ गते । गृहमन्त्री बालकृष्ण खाणले स्थानियतह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपुर्ण एवम् भयरहित वातारणमा सम्पन्न गनुपर्ने बताउनुभएको छ ।

सप्तरीको राजविराज आज कार्यकर्ताहरु संग भेटघाटको क्रममा उहाले पाँच /पाँच बर्षमा हुने स्थानियतह निर्वाचनलाई स्वच्छ, निष्पक्ष ढङबाट सम्पन्न गराउन सुरक्षा निकायलाई निर्देशन समेत दिनुभयो ।
गृहमन्त्री खाणले लोकतन्त्रलाई मजबुत बनाउनको लागि मैत्रीपुर्णरुपमा अगामी बैशाख ३० गते हुने स्थानियतह निर्वाचनमा सवै दलहरुको सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।निर्वाचन सम्पन्न भएपछि देश परिर्वतनको गति लिने भन्दै लोकतन्त्र रकक्षा गर्नको लागि नेपाली कााग्रेस पार्टी नै रहेको उहााले बताउनुभयो ।

लोकतन्त्रलाई सुध्रिकरण गर्नको लागि कााग्रेस पार्टी नै चाहिने भएकोले यही पार्टीलाई जिताउनुपर्ने उहााले निकिर गर्नुभयो ।निर्वाचनमा छुटेका दलहरु पनि सहभागिता हुनुपर्ने बताउदै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपुर्ण एवम् भयरहित वातारणमा सम्पन्न गराउने जिम्मा सरकारको पनि रहेको उहााले उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली कााग्रेसका केन्द्रीय सदस्य दिनेश कुमार यादवले नेपाली कााग्रेसले बिगतको चुनावमा हारेपनि अहिलेको चुनावमा बहुमतबाट जितनुपर्नेमा जोड दिनुभयो ।
मधेसका जिल्लामा बिकास र इमान्दारिता खोजिएको पार्टी नेपाली कााग्रेस नै रहेको भन्दै अगामी चुनावमा यसपार्टीलाई मतदान गर्न उहााले सबैलाई आग्रह समेत गर्नुभयो ।





















Discussion about this post