nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मुसहर र दलितको एउटै जवाफ: ‘पैसामा भोट बेच्दैनौं’

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २२, २०७९, १:३७ मध्यान्ह
मुसहर र दलितको एउटै जवाफ: ‘पैसामा भोट बेच्दैनौं’

जनकपुरधाम/बैशाख २२ गते। महोत्तरी जिल्लाको बलवा नगरपालिका—१० धमौराको मुसहर बस्ती चुनावी पोस्टर, पम्प्लेट र झन्डाहरूले रंगिचंगी छ। यहाँ २ सय ५० घर मुसहर र करिब २५ घर चमार जातिको बसोबास छ। यो बस्तीका नागरिकलाई बिहानको छाक टारे बेलुका के खाने भन्ने पीर हुन्छ। दैनिकी कस्टकर छ।

बाक्लो बस्ती भए पनि पानीको स्रोतका रूपमा चारवटा चापाकल मात्रै छन्। शौचालय भेटिँदैन। खुला चौरमा नै उनीहरूको शौचालय हो। न त विद्यालय छ, न सार्वजनिक दलान नै। तर, चुनाव नजिकिँदै जाँदा नगरपालिकाको बजेटबाट मुसहरहरूका देवता भुइयाँ महराजको मन्दिर निर्माणका लागि जग बसाल्ने काम गरिएको छ। यतिका समय नगरपालिकाको ध्यान यहाँका नागरिकको जीवन सुधार्नमा गएकै थिएन।

विकासको आधुनिक दौडमा निकैपछि परेको धमौराको मुसहर बस्तीमा अहिले चुनावको बेला चहलपहल निकै बढेको छ। चुनाव नजिकिएपछि नेता कार्यकर्ताको चहलपहल मात्रै बाक्लिएको छैन आचारसंहिताविपरीत पर्चा, पम्प्लेट र झन्डा ल्याएर घरमा टाँसिदिएका छन्। पछिल्लो साढे चार वर्षदेखि मुख देखाउनसमेत नआएका जनप्रतिनिधि र विभिन्न दलका नेताहरू देखिन थालेका छन्। गरिब मुसहरहरूको माटोको झोपडीका भित्ताहरूमा पोस्टर टाँसेर प्रचारबाजी गरिरहेका छन्। मुसहर बस्तीमा आउने नेताहरूले पैसा र मदिराको प्रलोभन पनि दिने गर्छन्। तर, वर्षौंदेखि ठगिएका यी मुसहर र दलितहरूले यसपटक एउटै जवाफ फर्काउने गरेका छन्, ‘हामी पैसामा भोट बेच्दैनौं।’

‘अहिले त राति सुतेको बेला पनि नेताहरू भोट माग्न आउँछन्। हजार, २ हजारको प्रलोभन दिन्छन् तर, यसपालि पैसा दिएर हामी भोट दिँदैनौं,’ मुसहर बस्तीकी ६० वर्षीय बुधनीदेवी सदाले भनिन्, ‘अहिले एक हजार दिएर भोट लिनेहरू भोलि कुनै काम पर्दा पाँच हजार घुस माग्छन् अनि हामी कहाँबाट दिने ? त्यसैले यसपालि पैसा र दारुमा हामी मुसहरहरूले भोट दिँदैनौं।’ मुसहर समुदायमा मदिरा सेवन ठूलो श्राप नै बनेको र गाउँघरमा खुलेका अवैद्य भट्टीहरूले गर्दा गाउँसमाज नै बर्बाद हुन लागेकाले यस्ता रक्सीका भट्टीहरू बन्द गराउने र समाज सुधार्नेलाई नै आफूले भोट दिने बुधनीले सुनाइन्।

‘बस्तीमा एउटा राम्रो विद्यालय छैन। हाम्रो बालबच्चाहरू पढ्न पाएका छैनन्। पहिला पनि नगरपालिकामा गएर पटक–पटक मेयरलाई यस विषयमा जानकारी गराएकै हौ तर, कसैले मतलब राखेन। अहिले भोट माग्न आउनेहरूसँग हामी विद्यालयको माग गर्छौं,’ ४० वर्षीय विजय माझीले भने, ‘दलित बस्तीको भोट जहिले पनि दारु, मासु र पैसामै बिक्री हुँदै आएको छ। त्यसैले होला पूरै दुनियाँ परिवर्तन भए पनि हाम्रो अवस्था जस्ताको तस्तै छ।’ अब भने यस बस्तीका नागरिक यो विषयमा सचेत बनेको उनीहरू बताउँछन्। ‘हामी पनि सचेत भएका छौं। आफ्नो भोट यति सस्तो कुराहरूको लागि खेर फाल्ने छैनौं,’ माझीले भने।

मधेसमा गाउँका दलित बस्तीहरू राजनीतिक दलका लागि भोट बैंकको रूपमा रहँदै आएका छन्। यी बस्तीहरूमा चुनावकै बेला देखापर्ने नेता कार्यकर्ताहरूले आर्थिक प्रलोभनमा पारेर बढीभन्दा बढी मत पाउने प्रयास गरेका हुन्छन्। तर, पछिल्लो साढे चार वर्षमा स्थानीय तहका जनप्रतिनिधिहरूले दलित बस्ती उकास्नका लागि कुनै पनि पहल गरेनन्। यसपटक प्रलोभनमा पारेर भोट पाउन निकै गाह्रो हुने दलित अधिकारकर्मी चन्देश्वर सदा बताउँछन्।

साभार:-अन्नपूर्णपोष्ट

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा खुल्यो याडियाको आधिकारिक शोरूम,विद्युतीय स्कुटर र मोटरसाइकल उपलब्ध

जनकपुरधाममा खुल्यो याडियाको आधिकारिक शोरूम,विद्युतीय स्कुटर र मोटरसाइकल उपलब्ध

हत्या आरोपीसँग हतियार प्रदर्शन गर्दै टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

हत्या आरोपीसँग हतियार प्रदर्शन गर्दै टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

मटिहानीमा बडादशैँको सुरुवातसँगै भव्य शान्ति कलश शोभायात्रा

मटिहानीमा बडादशैँको सुरुवातसँगै भव्य शान्ति कलश शोभायात्रा

जनकपुरधामका शक्तिपीठमा घटस्थापनासँगै भक्तजनको घुइँचो

जनकपुरधामका शक्तिपीठमा घटस्थापनासँगै भक्तजनको घुइँचो

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

सरकारी बेवास्ताले थलिँदै जनकपुरको प्रादेशिक अस्पताल, थप बेड र आइसीयू आवश्यक

सरकारी बेवास्ताले थलिँदै जनकपुरको प्रादेशिक अस्पताल, थप बेड र आइसीयू आवश्यक

जनकपुरधाममा राम युवा कमिटीको दुर्गा पूजा तयारी अन्तिम चरणमा

जनकपुरधाममा राम युवा कमिटीको दुर्गा पूजा तयारी अन्तिम चरणमा

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना

कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?

कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि