चैत १२ गते । एसिड प्रहारबाट एक महिला घाइते भएकी छन् ।
वीरगञ्ज–१३ श्रीपुर बस्ने उमेश साहको श्रीमती वर्षीया सीता पटेल घाइते भएकी हुन् । उनको शरीरमा एसिडले पोलेको छ ।
शुक्रबार बेलुकी ८ बजे बारा कलैया उपमहानगरपालिका–२३ कोरिया टोल नजिकै उनीमाथि एसिड प्रहार भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । वीरगञ्जबाट माइती घर कलैया जाने क्रममा जेठाजु रामबाबु साह र ससुरा हवारी साहले एसिड प्रहार गरेको आरोप उनले लगाएकी छन् ।
प्रहरीले उनीहरु दुवै जनालाई वीरगञ्जबाट नियन्त्रणमा लिएर कलैया ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।ना.६०प ७२७९ नं. को स्कुटी आएका उनीहरुले सीतामाथि एसिड प्रहार गरी भागेका थिए ।
उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइते महिलालाई उपचारका जिल्ला अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ ।




















Discussion about this post